arrow

बर्षाकै लागि निराजनको प्रेम आशक्ती(भिडियो)

दुई जना यूवायूवती प्रेममा परेपछि कसरी माया व्यक्त गर्छन् भन्ने देखाइएको छ ।

logo
प्रकाशित २०७२ पुष २९ बुधबार
barsha-and-nirajan.jpg.jpeg
काठमाडौं । मोडल निराजन प्रधान आफ्नी प्रेमिका हिड्ने बाटोभरी फूलै फूल छर्ने कुरा गरिरहेका छन् । उनको लागि आफूले हरेक कुरा गर्ने सक्ने निराजनको भनाई छ । मोडलद्धय निराजन प्रधान र बर्षा राउतलाई यसरी प्रेमको गन्तव्यमा ल्याउने काम गरेको हो, शैलेश शर्माको आवाजमा समावेश ‘तिमी हिड्ने बाटो भरी’ बोलको गीतले ।

आँचल एल्बममा समावेश यो गीतमा नरेश भट्टराइको शब्द र हरि लम्सालको संगीत छ । विशाल भण्डारीले निर्देशन गरेको यो भिडियोलाई विवेक खतिवडा प्रोडक्शनले तयार पारेको हो । भिडियोमा निर्देशक भण्डारीले निराजन र बर्षाको प्रेमलाई रोमाञ्चक तरिकाले देखाएका छन् ।

दुई जना यूवायूवती प्रेममा परेपछि कसरी माया व्यक्त गर्छन् भन्ने देखाइएको छ । भिडियोमा फूलको प्रयोग पनि गजबले गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ