arrow

धुर्मुस सुन्तलीको पनि निजी वेबसाईट

logo
प्रकाशित २०७२ पुष २९ बुधबार
Dhurmus-Suntalii.jpg.jpeg
काठमाडौं । पछिल्लो समयमा नेपालका कलाकारहरुले धमाधम निजी  वेबसाईट बनाउन थालेका छन् । केही समयअघि मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले निजी साक्ष्ट सञ्चालनमा ल्याएको महिना दिन बित्न नपाउँदै चर्चित कमेडीयन जोडी सितराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले पनि निजी साईट सञ्चालनमा ल्याएका छन् ।

दर्शक हँसाउने, भूकम्प पिडीतलाई न्यानो बाँड्ने, एकिकृत बस्ती बनाउने, सरसफाई अभियान चलाउनमा धुर्मुस सुन्तली ब्यस्त बनिरहेका बेला उनीहरुले आफ्नो क्रियाकलापलाई वेबसाईटमार्फत सबैमा जानकारी दिनका लागि डब्लुडब्लुडब्लु डट धुमुर्ससुन्तली डट कमwww.dhurmussuntali.com नामक साईट सञ्चालनमा ल्याएका हुन् ।

धुर्मुस सुन्तली डटकममा उनीहरुले गरेका सम्पूर्ण कामहरुको बारेमा जानकारी लिन सकिनेछ । सामाजिक कामका लागि उनीहरुले धुर्मुस सुन्तली फाउण्डेशन पनि खोलेका छन् । साथमा धुर्मुस सुन्तलीको हाँस्य व्यंग्य प्रस्तुतिहरु पनि वेभसाइटमा राखिएको छ । आफ्ना सिर्जनालाई जीवन्त राख्न मद्धत गर्ने भएकाले वेभसाइटको आवश्यकता ठानीएको सितारामले जानकारी दिए् । आधुनिक प्रविधिको विकाससँगै दर्शकसँग सिधा सम्र्पक स्थापित गर्न सजिलो हुने कुञ्जनाको विश्वास छ । दर्शक, शुभेच्छुक र सहयोगी सबैसँग नजिक रहनका लागि फेसबुक पेज, युट्युब च्यानलमा पनि सक्रिय रहेको उनीहरुले बताए छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ