arrow

को बन्ला 'अतुलीय भारत'को ब्रान्ड एम्बास्डर'? शाहरुख भन्छन् मेरो चाहाना छैन;

logo
प्रकाशित २०७२ पुष २९ बुधबार
atulya-india-ambasdor.jpg.jpeg
एजेन्सी।  बलिउडका किंग खान शाहरूख खानले आफु ‘अतुल्य भारत’ अभियानको ब्रान्ड एम्बास्डर बन्न नचाएको बताएका छन् । ‘अतुल्य भारत’ अभियानमा यस अघि  ब्रान्ड एम्बास्डर रहेका आमिर खानले आफुलाई सरकारले यस पदवाट हटाए पनि सरकारले गरेको यस निर्णय भने स्विकार रहेको बताएका थिए   । शाहरूख खान भन्छन्  ‘अतुल्य भारत’ अभियानको ब्रान्ड एम्बास्डर आमिर खानलाई सरकारले हटाएको  विवादलाई लिएर मसँग नजोडौ । म यस  मामिला वाट टाढै रहन चाहान्छु ।'
 
शाहरुखका अनुसार , उनलाई यस  बिषयसँग कुनै लिनुदिनु छैन । उनि भन्छन् " न त मलाई यस पदको लागि नियुक्त गरिएको छ  न त निकालिएको । त्यसैले मलाई यस बिषय वाट टाढै राख्नुहोस ।’’
 
भारतिय सञ्चारमाध्यमहरुका अनुसार भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिले  ‘अतुल्य भारत’ अभियानको ब्रान्ड एम्बास्डर रहेका  आमिर खानको ठाउमा  अमिताभ बच्चनलाई राख्ने भएका छन् । अमिताभ बच्चनलाई ‘अतुल्य भारत’ अभियानको ब्रान्ड एम्बास्डर बनाउने कुरालाई लिएर  फिल्म पीकूका निर्माता शुजीत सरकार भन्छन् यदि अमिताभलाई ‘अतुल्य भारत’ अभियानको  ब्रान्ड एम्बास्डर बनाइन्छ भने यो खुशीको बिषय हुनेछ । उनले भने,‘‘यदि केन्द्र सरकार अमिताभ बच्चनलाई ‘अतुल्य भारत’ अभियानको  प्रचारकको रुपमा प्रस्ताव राखेमा अमिताभले यसलाई स्विकार्ने छन् र यो बिषय सबैको लागि राम्रो हुनेछ ।’’  
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ