श्रीकृष्ण सिग्देल, स्याङ्जा। नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री गोपालमान श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई जथाभावी नबोल्न आग्रह गरेका छन् । स्याङ्जाको वालिङ नगरपालिकाले आयोजना गरेको १९ औं नगरपरिषदको घोषणा सभाको उदघाटन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य गोपालमान श्रेष्ठले राष्ट्रिय संकट परेका बेला सबैदलहरुलाई एकै ठाँउमा ल्याउनु पर्ने सरकारको दायीत्व हुदाहुदौ हल्का तवरले वोलि दिदा समस्या आएको बताए ।
भाषण गर्न सबैले जानेका छन् नेता श्रेष्ठले भने, “मुलुकलाई निकास दिनेतर्फ सरकार लाग्ने हो की जे पायो त्यही वोल्ने हो ।” श्रेष्ठले प्रति प्रश्न गरे । काँग्रेसले प्रतिपक्षको महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै व्यवस्थापीका साँसद समेत रहेका श्रेष्ठले प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेर हल्का नवोल्न पटक पटक श्रेष्ठले ओलीलाई आग्रह गरे । जनताले भुकम्पदेखि नाकाबन्दीको मार खेपीरहेका बेला प्रधानमन्त्री मनपरी वोल्न थालेको प्रति आक्रोशित हुदै श्रेष्ठले भने हाम्रो आग्रहलाई स्वीकार नगरेमा काँग्रेस विरोमा उत्रन बाध्य हुने छ ।
राजनीति क्रान्ति अव सकिएको भन्दै नेता श्रेष्ठले अव आर्थिक क्रान्ति गर्नुपर्ने बताए । नेपाली जनताले राजनीति क्रान्ति लामो समयदेखि गर्दै आएको उल्लेख गर्दै नेता श्रेष्ठले अव मुलुकलाई सबै मिलेर विकासको वाटोमा अगाडी बढाउनु पर्ने बताए । २००७ साल देखिको राजनीतिक आन्दोलनको अन्त्य भएको उल्लेख गर्दै श्रेष्ठले मधेश आन्दोलनको विवाद संसदमा पेश गरेको शंसोधन बाटै हुने बताए । कालोबजारी र भष्ट्रचारले जरो गाडिसकेको उल्लेख गर्दै त्यस तर्फ ध्यान दिन सरकारलाई नेता श्रेष्ठको आग्रह थियो ।
जनता भुकम्पले घरवार बिहिन अवस्थामा छन् नेता श्रेष्ठले भने “चिसो मौसमका कारण वालवालिका र बृद्धबृद्धाहरुको अवस्था दयनीय छ ।” यस्तो अवस्थामा जे मन लाग्यो त्यही बोलेर प्रधानमन्त्री ओलीले समय खेरा फालेको आरोप लगाए । लामो समय सरकारले गरेको गतिविधि तर्फ ध्यान केन्द्रित गरेका नेता श्रेष्ठले मुलुकलाई अगाडी बढाउन सबै दलहरु एकै ठाँउमा उभिनुपर्ने संकेत गरे । सरकार ढाल्ने पक्षमा काँग्रेस यतीबेला नरहेको भन्दै नेता श्रेष्ठले मुलुकको विकासका लागि काँग्रेस प्रतिपक्षमा बसेर सरकारलाई सहयोग गर्न तयार रहेको बताए । विवाद भन्दा पनि अव मुलुक र नेपाली जनतालाई विकास चाहिएको छ नेता श्रेष्ठले भने सुन्दर नेपालको परिकल्पना गरेर अगाडी बढ्नु आजको आवश्यकता हो । स्याङ्जाको विकासका लागि आफु जहिले पनि तयार रहेको भन्दै जिल्लाका सबै राजनीतिकदलहरु चुनाव बाहेकका विषयमा राजनीति नगरी विकासमा एक हुन समेत आग्रह गरे ।