arrow

झापाको क्याम्पामा लोक गायक नवीनले मच्चाए धुम

logo
प्रकाशित २०७४ भदौ २५ आइतबार
nabain_pudel1.jpg

झापा ।  झापाको तोपगाछी क्याम्पा बजारमा भब्य सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ। बाढी पिडित को झुपडी निर्माण सहयोगार्थ भुमिका फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा लोक गायक नवीन पौडेलले हजारौं कमल गाउपालिका स्थानीयलाई छमछमि नचाएका छन् । उनले  स्थानियमा लोकप्रीय सामाजिक यथार्थपरक गीत गाएर भरपुर मनोरन्जन प्रदान गरे।

पश्चिममी  क्षेत्रका गीतहरुमा जमेका नवीनले पूर्व क्षेत्रका जनताको मन पनि  जित्न सफल भएका छन् ।

 सामाजिक बिषयबस्तुमा आधारित रहेर यथार्थपरक, समयसापेक्ष र राष्ट्रिय भाबनाका गीत गाउने नवीनले पछिल्लो समयमा रेकर्ड गरेको महिला मैत्री गीत "फुलेको तोरीलाइ हुर्किएकी छोरिलाइ जोगाउनै गाह्रो" झापाली दर्सकको अगाडि गाइरहदा हुटिङ ताली र सपोर्ट्ले कार्यक्रम आयोजना स्थल गुन्जायमान र वान्स्मोर भनिरहेका थिए ।

यसभन्दा अघि उनका चर्चित गीतहरु हरेक जातजाति छौँ नानाथरी, बुलाकी झुम्काना, यस्तै हुन्छ भन्नेभा, आजैभेट भाको क्याम्पामा आको म परेँ झापाको, दुखका दिन गए, सत्य कुरा बोल्छु लगाएत का दर्जन बढी गीत गायर भरपुर मनोरञ्जन प्रदान गरेका थिए।

कार्यक्रम मा फाउन्डेशन कि अध्यक्ष एबम लोक गायिका भुमिका शाह, गायक हिमाल सागर, नायक रमेश उप्रेती, मोडल रिमा मगर, हास्यकलाकार सुबोध गौतम लगायत स्थानिय कलाकार को प्रस्तुतिले माहोल तातेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ