arrow

बंगबन्धु गोल्डकपमा नेपाल विजयी, श्रीलंकालाई विमलले फर्काए ‘साफ’ हारको जवाफ

logo
प्रकाशित २०७२ पुष २९ बुधबार
BImal.jpg.jpeg
काठमाडौं । बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगितामा नेपालले श्रीलंकालाई हराएको छ । बंगबन्धु राष्ट्रिय फुटबल मैदानमा नेपाल १–० ले विजयी भयो । नेपालको दोस्रो खेलका लागि विमल घर्तीमगर नायक सावित रहे । विमलले खेलको दोस्रो मिनेटमै गरेको गोल नै टोलिलाई विजयी गराउन पर्याप्त बन्यो । खेलको सुरुवातमै खेलमा कब्जा जमाएको खेलको अधिकांश समय श्रीलंकन रक्षापंक्तिलाई दबावमा राख्यो । यद्यपि, खेलमा पाएका अन्य अवसरको उपयोग गर्न नसक्दा फराकिलो अन्तरको प्रयास सफल भएन । खेलको ७७ औं मिनेटमा विमलले पहेंलो कार्ड पाए । नेपाली टोलिलाई सफलता दिलाएका विमल ‘म्यान अफ द म्याच’ भए ।
 
यो जितसंगै नेपालले श्रीलंकासंग भारतको केरलामा भएको ११औं साफ च्याम्पियनसिप समूह चरणको खेलमा हारेको बदला राम्ररी लिएको छ । साफ च्याम्पियनसिपमा नेपाल श्रीलंकासँग १–० ले नै पराजित भएको थियो । त्यति मात्रै नभई नेपालले १३ खेलसम्मको जितविहीन यात्रामा पूर्णविराम लगाएको छ । सन् २०१३ को साफ च्याम्पियन्सिप फुटबल प्रतियोगितामा भारतविरुद्ध २–१ ले विजयी भएकाे नेपालले त्यसपछि जित हासिल गर्न सकेको थिएन ।
 
यसअघि, बंगलादेशमा जारी प्रतियोगितामा आफ्नो पहिलो खेल गोल रहित बराबरीमा सक्काएको नेपालको खातामा ४ अंक भएको छ । मलेसियन क्लब फेल्डा युनाइटेडसँग गोेलरहित बराबरी खेल्दै नेपालले १ अंक जोडेको थियो । यो जितसंगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना दरिलो भएको छ । समूह चरणको  अन्तिम खेलमा नेपालले शुक्रबार आयोजक बंगलादेशसंग खेल्ने छ । प्रतियोगिताको समूह ‘ए’ मा आयोजक बंगलादेश, नेपाल, मलेसियाको फेल्डा युनाइटेड क्लब र श्रीलंका रहेका छन् । समूह ‘बी’मा बंगलादेशको २३ वर्षमुनिको राष्ट्रिय टोली, बहराइन, कम्बोडिया र माल्दिभ्स छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ