arrow

कमेडी शोमा अक्षय कुमार जर्ज, पर्समा राख्छन् यिनका तस्विर

logo
प्रकाशित २०७४ भदौ २८ बुधबार
akshay.jpg

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारले आफ्नो जादु चलचित्र क्षेत्रमा देखाइ सकेका छन् । साथै उनि अब टिभि शोमा देखिन चाहन्छन् ।   

अक्षय कुमार आगामि कमेडी शो 'द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज '  मा जर्जको रुपमा देखिने भएका छन् ।  हालै  अक्षयले दिएको अन्तर्वार्तामा उनि सधै आफ्नो पर्समा चर्चित अभिनेता चार्ली च्याप्लिनको तस्वीर राख्ने गरेको बताएका छन‍् ।  साथै अक्षयलाई लाग्छ चार्ली च्याप्लिननै सबैभन्दा महान मनोरंजनकर्ता हुन्।

अक्षयले 'द ग्रेट इंडियन लाफ्टर च्यालेन्ज' को पहिलो एपिसोडको सुटिङको क्रममा भने " यसमा कुनै शंका छैन कि अहिले पनि  चार्ली च्याप्लिन  सबै भन्दामहान मनोरंजनकर्ता हुन्। आजसम्म मेरो पर्समा उनको तस्वीर छ। म व्यक्तिगत रूपमा उनले शब्द माथि विश्वास गर्दछु  ' यदि जिन्दगीलाई नजिकबाट हेर्ने हो भने यो कुनै ट्रेजडी भन्दा कम छैन , तर यसलाई टाढाबाट हेरे यो एक कमेडी हो ।'"

शोमा  अक्षय लगायत मल्लिका दुआ, जाकिर खान र हुसेन दलाल पनि जर्जको रुपमा रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ