arrow

प्रिमियर लिग : शीर्ष क्लबलाई बराबरीको झट्का

logo
प्रकाशित २०७२ पुष ३० बिहिबार
Liverpool_striker.jpg.jpeg

एजेन्सी । इङ्गलिश प्रिमियर लिगमा शीर्ष क्लबहरु बराबरीमा रोकिएका छन् । बुधबार राति भएका खेलमा लिगको शीर्ष स्थानमा रहेको आर्सनललाई र लिभरपुलले ३–३ को बराबरी रोकेको छ । यस्तै, नयाँ प्रशिक्षक आएको पहिलो खेलमा विजयी भएको चेल्सी जिनेदिन जिदान प्रशिक्षणको दोस्रो खेलमा बराबरीमा रोकियो । चेल्सीलाई वेष्ट ब्रोमविच आल्वियनले २–२ को बराबरीमा रोक्यो । यस्तै, लिगको तेस्रो स्थानको म्यान्चेस्टर सिटी गोल विहिन भयो ।

सिटीलाई एभर्टनले गोल गर्न दिएन । यी शीर्ष क्लबहरुलाई बराबरीले घाटा लागेको छ । दोस्रो स्थानको लेस्टर सिटी भने विजयी भएको छ । लेस्टर सिटीले चौथो स्थानको टोटनह्याम हट्सपरमाथि १–० को संघर्षपूर्ण जित निकाल्यो । यस्तै, साउथ ह्याम्पटनले वाट्फोर्डलाई २–० ले हराउँदा स्टोक सिटीले नर्विच सिटीलाई ३–१ ले स्तब्ध बनायो । सण्डरल्याण्डले स्वान्सीसिटीलाई ४–२ ले हरायो ।

२१ चरणका खेल सकिँदा सम्म आर्सनल ४३ अंक सहित शीर्ष स्थानमा छ । समान ४३ अंकको लेस्टर सिटी गोल अन्तरका आधारले एक स्थान तल दोस्रो तथा ४० अंकको म्यान्चेस्टर सिटी तेस्रो स्थानमा छ । ३४ अंक बटुलेको म्यान्चेस्टर युनाइटेड भने छैंटौ स्थानमा छ । संकटमा रहेको चेल्सीको २१ खेलबाट २४ अंक भएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ