arrow

सलमानले अझै पाएनन बजरंगीको पारिश्रमिक

उनले फिल्मबापतको ३५ करोड पारिश्रमिक अझै लिन बाँकी छ ।

logo
प्रकाशित २०७२ पुष ३० बिहिबार
Bajrangi-Salmn.jpg.jpeg
मुम्बई । सन् २०१५ को ब्लकब्लष्टर फिल्म ‘बजरंगी भाईजान’का अभिनेता सलमान खानले अझै पनि उक्त फिल्मबाट आफुले पाउने पूरा पारिश्रमिक अझै पनि नपाएको रहस्य खुलेको छ । ६ महिना अघि रिलिज भएर कमाईमा कीर्तिमान कायम गरेको यो फिल्मबाट सलमानले अझै पनि पुरा पारिश्रमिक नपाएको खुलेको हो ।

समाचार अनुसार फिल्म निर्माण कम्पनीले सलमानले पाउनु पर्ने शेयरवापतको रकम अझै पनि उनलाई दिएको छैन् । उनले फिल्मबापतको ३५ करोड पारिश्रमिक अझै लिन बाँकी छ । पैसा नपाएपछि सलमान निकै दुःखी बनेका छन् । फिल्म गत वर्षको जुलाईमा रिलिज भएको थियो । यो फिल्मले दर्शकसँगै समिक्षकबाट पनि राम्रो प्रशंसा पाएको थियो ।

फिल्मले भारतभरबाट ३ सय करोड कमायो भने विश्वभरिबाट ६ सय करोड व्यापार गरेको थियो । फिल्ममा सलमानबाहेक नवाजुद्दिन सिद्धीकी, करिना कपुर र बाल कलाकार हर्षाली मल्होत्राले अभिनय गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ