arrow

चुनाव प्रचारको अन्तिम दिन शीर्ष नेताहरु कसले कहाँ भाषण गर्ने ? यस्तो छ जितको आँकडा

logo
प्रकाशित २०७४ भदौ ३० शुक्रबार
election-3neta.jpg

काठमाडौं । दलहरूको चुनावी आकलन–

कांग्रेस – १०० तह ,

एमाले – ७१ तह,

माओवादी – ४७ तह,

राप्रपा – २४ तह,

राप्रपा (प्र) – २२ तह,

राजपा – ६० तह,

फोरम – ५० तह

संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव

उपेन्द्र यादव शुक्रबार दिनभर सिरहाका स्थानीय तहका कार्यक्रममा सहभागी हुनेछन् । बिहान ८ बजे बन्दीपुरबाट सुरु भएको कार्यक्रम कल्याणपुरमा पुगेर साझ ६ बजे निर्वाचन कार्यक्रम समापन हुनेछ । यसबीचमा उनी ११ वटा चुनावी सभामा सहभागी हुनेछन् ।

शरत्सिंह भण्डारी – पर्साको चुनावी प्रचारमा सहभागी हुनेछन् । उनी वीरगन्ज महानगरपालिकाका वडामा केन्द्रित कार्यक्रममा सहभागी हुने राजपा महामन्त्री केशव झाले जानकारी दिए ।

महेन्द्र राय यदव – सर्लाहीका विभिन्न स्थानीय तहका कार्यक्रममा सहभागी हुने राजपा नेता उपेन्द्र महतोले जनाकारी दिए ।

राजेन्द्र महतो – शुक्रबार बिहान धनुषा र राजविराजको कार्यक्रममा सहभागी भएर दिउँसो रौतहटको गौरमा व्यस्त हुनेछन् ।

मनीष सुमन र केशव झा – महामन्त्री मनीष सुमन शुक्रबार सप्तरीको फकिरा, तोपा र कल्याणपुर गरी तीन स्थानीय तहका कार्यक्रममा सहभागी हुनेछन् । महामन्त्री केशव झा सप्तरीकै तिलाठी गाउँपालिका, छिन्नमस्ता गाउँपालिका र राजविराज नगरपालिकामा सहभागी हुनेछन् ।

अनिल झा – शुक्रबार बिहान जनकपुर उपमहानगरको कार्यक्रममा सहभागी भई दिउँसो रौतहटको गौर र आसपासका स्थानीय तहमा प्रचारप्रसारमा व्यस्त हुनेछन् ।

नेपाल लोकतान्त्रिक फोरम –  नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार शुक्रबार तीन जिल्लामा आयोजना हुने चुनावी कार्यक्रममा सहभागी हुनेछन् । पार्टी महामन्त्री भारतेन्दु मल्लिकका अनुसार गच्छदारले बिहान साढे ११ बजे सिरहामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् । त्यसपछि धनुषाको जनकपुर र सर्लाहीमा आयोजित चुनावी सभामा सहभागी हुनेछन् । लोकतान्त्रिक फोरमले प्रदेश नं। २ को स्थानीय तह निर्वाचन परिचालनका लागि १५२ केन्द्रीय सदस्य खटाएको छ । सबैले आ–आफ्नो जिम्मेवारीअनुरूपको काम गरिरहेको महामन्त्री मल्लिकले जानकारी दिए ।

राप्रपा – राप्रपा अध्यक्ष कमल थापा चुनावी प्रचारमा नजाने भएका छन् । राप्रपाले प्रदेश नं। २ अन्तर्गतका १३६ स्थानीय तहमा हुने निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाएको थियो । तामाङले शुक्रबार १ बजे बाराको अमलेखगन्जमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । तामाङले प्रदेश नं। २ बाट केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने सदस्य, सांसदलाई खटाएको र उनीहरूले आ–आफ्नै तरिकाले निर्वाचन प्रचारप्रसार गरिरहेको बताए ।

राप्रपा प्रजातान्त्रिक – निर्वाचनको प्रचारप्रसारको कार्यक्रममा सहभागी हुन राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा शुक्रबार प्रदेश नं। २ मा पुग्दै छन् । राणाका स्वकीय सचिव केशव कटुवालका अनुसार उनले दिउँसो साढे १ बजे बाराको परवानीपुरमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् । त्यसपछि पर्साको वीरगन्जमा रहेको भिस्वा होटेलमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् । राप्रपा प्रजातान्त्रिकले तेस्रो चरणको स्थानीय तह निर्वाचनमा नेपाली जनता दलसँग तालमेल गरेको छ ।

बाबुराम शनिबार बिहानसम्म प्रदेश नं २ मै
नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराई शुक्रबार बिहानदेखि शनिबार बिहानसम्म चुनावी प्रचारमा व्यस्त हुने भएका छन् । शुक्रबार बारा, रौतहट र पर्साका विभिन्न चुनावी सभामा सहभागी हुनेछन् । बाराको सिमरामा बिहान १० बजे कार्यक्रम राखिएको नयाँ शक्तिले जनाएको छ । त्यसपछि ११ बजे रौतहटका विभिन्न क्षेत्रमा चुनावी सभालाई सम्बोधन गर्न जानेछन् । दिउँसो २ बजे बाराको परवानीपुर र बेलुका ५ बजे वीरगन्जमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने नयाँ शक्तिले जनाएको छ ।

रामचन्द्र पौडेल 
–पर्साको पोखरिया नगरपालिका स्चुनावी सभा बिहान ९ बजे
–कलैया नगरपालिका – चुनावी सभा १ बजे
–वीरगन्ज महानगरपालिका चुनावी सभा २ बजे

डा शशांक कोइराला
–कलैया नगरपालिका  चुनावी सभा १ बजे
–वीरगन्ज महानगरपालिका चुनावी सभा २ बजे

झलनाथ खनाल 
–बाराको कोहल्वी नगरपालिका  १२ बजे 
–बाराका विभिन्न स्थानमा २ः३० बजेबाट घरदैलो 
–पर्साको वीरगन्ज साँझ ६ बजे

माधवकुमार नेपाल
–चन्द्रपुर नगरमा चुनावी भेटघाट बिहान ७ बजे 
–धनुषाको मिथिला, गणेशमानसारनाथ, धनुषाधाममा ९ देखि १२ बजे कोणसभा 
–सिरहाको गोलबजारमा चुनावी सभा स् दिउँसो १२ बजे

शुक्रबार राती १२ बजेदेखि मौन अवधि – के गर्न पाइँदैन ?

– निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाइँदैन ।
– मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटरवरिपरि राखिएका निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री दलहरूले हटाउनुपर्ने । 
– एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नपाइने । 
– उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्नअंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, गम्छा, ट्याटुजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न(गराउन नपाइने । 
– उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नपाइने । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ