arrow

‘जोनी जेन्टलम्यान’आज देखि प्रदर्शनमा

logo
प्रकाशित २०७४ भदौ ३० शुक्रबार
jonny.jpg

काठमाडौँ । देशभरका हलहरुमा आज (शुक्रबार)बाट चलचित्र ‘जोनी जेन्टलम्यान’ प्रदर्शनमा आएको छ । नितिन चन्द निर्देशित ‘जोनी जेन्टलम्यान’मा पल शाह र आँचल शर्माको मुख्य भूमिका रहेको छ । गीत,संगीत र ट्रेलरका कारण चर्चामा रहेको चलचित्रलाई एनड्रिउ पौडेल र अजय मल्लले निर्माण गरेका हुन् ।

 देशभरका ६० भन्दा बढी हलहरुबाट प्रदर्शनमा आएको चलचित्रमा पल र आँचलको जोडिले दर्शक हलसम्म आउँने निर्माण पक्षले आशा गरेको छ । त्यसपछीका दिनमा भने दर्शकको प्रतिक्रियाका आधारमा चलचित्रमाको व्यापार भर पर्नेछ । पलका ‘नाइँ नभन्नु ल ४’ र ‘म यस्तो गीत गाउँछु’ बक्सअफिसमा हिट छन् । त्यस्तै ‘नाइँ नभन्नु ल ४’बाटै नेपाली चलचित्रमामा डेब्यु गरेकी आँचलका लागि ‘जोनी जेन्टलम्यान’ दोस्रो चलचित्रमा हो ।

चलचित्रमामा पल र आँचलका अलावा विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरीको पनि अभिनय रहेको छ । रुपेश थापा र रामशरण उप्रेतीको छायाँकन रहेको चलचित्रमामा पारसविक्रम शाह र देव महर्जनको द्धन्द्ध, केशव थापा र प्रविन सिंहको नृत्य निर्देशन, महेश दवाडीको पटकथा र संवाद छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ