arrow

काठमाडौंका फुटसल एरेना प्रशासनले बन्द गराउँदै

logo
प्रकाशित २०७२ पुष ३० बिहिबार
footsall.jpg.jpeg
काठमाडौं । काठमाडौं उपत्यका भित्रका सबै फुटसल एरेना विहिबार (आज) बाट बन्द हुने भएका छन् । काठमाडौं जिल्ला प्रशासन र प्रहरीको समन्वयमा फुटसल तत्कालका लागि बन्द हुन लागेको हो । फुटसल खेल्ने ठाउँमा अवाञ्छित गतिविधि बढेको गुनासो आएपछि तत्कालका लागि बन्द गर्न लागिएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिए ।
 
सुवेदीले हाम्राकुरासंग भने,‘विद्यार्थीहरु स्कुल जान छोडेर स्कुलको ड्रेस लगाएर फुटलमा देखिने गरेको, फुटसल खेल्ने ठाउँमा मादकपदार्थ सेवन गर्ने गरेको गुनासो आएपछि निश्चित मापदण्ड नभए सम्मका लागि बन्द गर्ने निर्णय भएको हो ।’ गेम्स नभएर गेम्लिङ हुन थालेपछि बन्द गर्नु पर्ने परिस्थति आएको हो । फुटसल एरेनामा हुने गतिविधिले सामाजिक विकृति नै ल्याएको रिपोर्ट प्रहरीले हामी कहाँ पेश गरेपछि प्रक्रिया थालेको प्रजिअ सुवेदीले सुनाए । 
 
खेलकुदको नाउमा कमाउने धन्दा बढ्दै गएपछि राज्यको कानुनी दायरामा ल्याउन बन्द गर्न लागिएको एसपी विश्व पोखरेलले बताए । एसपी पोखरेलले भने,‘हो बन्द गर्दै छौं, सधैंका लागि होइन निश्चित मापदण्ड नबने सम्मका लागि बन्द गर्न लागेका हौं ।’ कमाउने धन्दाका नाउमा हुने गतिविधिले सामाजिक सुरक्षामा असर गरेको र अपराधिक गतिविधि बढेकाले बन्द गर्न लागिएको पोखरेलले प्रस्ट्याए । काठमाडौं प्रहरीले यसबारे केही दिन अघि अनुगमन गरेको थियो ।  
  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ