arrow

शाहरुखले भने, ‘दिलवालेको व्यापारबाट निराश छु’

'इमान्दारीपूर्वक भन्नुपर्दा भारतमा फिल्मले चाहेको जस्तो व्यापार गर्न सकेन ।'

logo
प्रकाशित २०७२ पुष ३० बिहिबार
dilwale-shahrukh14.jpg.jpeg
मुम्बई । गत १८ डिसेम्बरमा रिलिज भएको शाहरुख अभिनित फिल्म ‘दिलवाले’ले सोचे जस्तो व्यापार नगरेपछि फिल्मका अभिनेता शाहरुख खानले पहिलोपटक निराशा व्यक्त गरेका छन् । मुम्बईमा आयोजित एक कार्यक्रममा उनले उक्त निराशा व्यक्त गरेका हुन् ।

‘मलाई लाग्छ कि फिल्मले जति व्यापार गर्नुपथ्र्यो, त्यो गर्न सकेन । म यो कुराबाट निराश छु । इमान्दारीपूर्वक भन्नुपर्दा भारतमा फिल्मले चाहेको जस्तो व्यापार गर्न सकेन । तर जर्मनी र अष्ट्रिया जस्ता विदेशी बजारमा यसले राम्रो प्रदर्शन गरेको छ । युएईमा कमाईमा त कमाल नै ग¥यो ।’ उनले भने ।

रोहित सेठ्ठी निर्देशित यो फिल्मलाई दर्शक र समिक्षकले आशलाग्दो फिल्मका रुपमा हेरेका थिए । तर फिल्मको कथाले दर्शकलाई बाँध्न सकेन । फिल्मकै कारण शाहरुख र रोहितबीच सम्बन्ध चिसिएको समाचार पनि केही समय अघि सार्वजनिक भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ