arrow

सव– इन्जिनियर घुस लिँदा लिँदै पक्राउ

logo
प्रकाशित २०७२ पुष ३० बिहिबार
Nawalparasi-hamrakura.jpg.jpeg
परासी । जिल्ला प्राविधिक कार्यालय नवलपरासीका सव–इन्जिनियर मनोज यादव घुस लिँदा लिँदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान  पश्चिमाञ्चल क्षेत्रिय कार्यालयको सम्पर्क कार्यालय बुटवलको टोलीले यादवलाई सेवाग्राहीबाट ३० हजार घुस लिँदा लिँदै पक्राउ गरेको हो । केन्द्रमा अख्तियारले भ्रष्टारबारेको अनुसन्धान तीब्र बनाएपछि क्षेत्रीय कार्यालयहरु समेत सक्रिय भएका छन् । नवलपरासीको कावासोतीका एक सेवा ग्राहीबाट यादवले कल्भर्टको लागत स्टिमेट बनाइदिने भन्दै ३० हजार रुपैयाँ घुस मागेको उजुरीका आधारमा टोलीले कार्यालयमा छापा मारेको हो ।  
 



नयाँ