arrow

प्रदेश २ को चुनाव : सबै परिणाम पाँच दिनमै, यस्तो छ तयारी

logo
प्रकाशित २०७४ भदौ ३१ शनिबार
Election_-Box.jpeg

काठमाडौं । निर्वाचन आयोगले दुई नम्बर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनको सम्पूर्ण परिणाम पाँच दिनमै सार्वजनिक गर्नेगरी तयारी गरेको छ ।

आयोगले विगत दुई चरणको निर्वाचनको अनुभवका आधारमा अहिले पर्याप्त जनशक्ति व्यवस्थापन गरेर चाँडै नतिजा दिनेगरी तयारी गरेको आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

हाम्राकुरासँग उनले भने, ‘पाँच दिनमा मत गणना सकि सक्ने आयोगको लक्ष्य हो । राजनीतिक दलका प्रतिनिधिहरु जति सक्दो तयार भए त्यति छिटो मत गणना हुने छ । गणकहरुको समस्या छैन । व्यवस्थापकीय हिसावले हामीले पर्याप्त जनशक्तिका लागि सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकारीलाई भनिसकेका छौँ ।’ आर्थिकको पनि प्रबन्ध गरिदिएका छौँ ।

आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । पर्याप्त कर्मचारी र सुरक्षाकर्मी खटिएको बताइएको छ । ढकालले भनेका छन्, ‘एउटा मतदान केन्द्रमा ६ जना भन्दा बढी त कर्मचारी मात्रै खटिएका छन् ।’

प्रदेश २ का १३६ स्थानीय तहका सबै मतदानकेन्द्र  र स्थलमा सबै सामाग्री पुगिसकेको उनले बताएका छन् । यस्तै, यो पटक मतदातालाई सही तरिकाले मतदान गर्नका लागि मतदाता शिक्षामा दलका प्रतिनिधिहरुलाई पनि अनुरोध गरिएकाले प्रभावकारी भएको ढकाललको भनाई छ । उनले मतदाता शिक्षा प्रभावकारी भएकाले बदर मत यो पटक कम हुने समेत बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ