arrow

कांग्रेस जिल्ला सभापतिका लागि अमेरिकाबाट उम्मेद्वारी

आकांक्षीमा देउवा पक्षकै भीड

logo
प्रकाशित २०७२ पुष ३० बिहिबार
Congres-FNL.jpg.jpeg
डोटी । आसन्न १३ औं महाधिवेशनमा होमिएको कांग्रेसले पार्टी एकिकरण भएदेखि निरन्तर जिल्ला सभापति भएकाहरु सभापतिको उम्मेद्वार बन्न नपाउने व्यवस्था गरेपछि देशभर कांग्रेस जिल्ला कार्यसमितिमा तरंग सिर्जना गरेको छ । अघिल्लो पुस्तालाई बन्देज लागेपछी नयाँ आकांक्षीहरुको भीड लागेको छ । यति सम्म की, एउटै जिल्ला कार्यसमितिको सभापतिका लागि ६ जनासम्म आकांक्षी देखिएका छन् । जिल्ला कार्यसमिति सभापतिका लागि अमेरिकाबाट उम्मेद्वारी आउने विषयले डोटीमा झन् तरंग फैलिएको छ ।
 
जिल्ला अधिवेशनको सरगर्मी चढ्न बाँकी डोटीमा अमेरिका बसोबास गर्ने कांग्रेस समर्थक एवं शुभेच्छुकहरुको संगठन जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टको समेत उम्मेद्वारी पर्ने चर्चाले तरंग फैलाएको हो । आनन्द बिष्ट (गोरख बहादुर बिष्ट) जनसम्पर्क समिति अमेरिकाको निर्वाचित सभापति हुन् । यसअघि, संविधानसभा निर्वाचनमा समेत डोटी निर्वाचन क्षेत्र नं. २ बाट टिकट लिनका लागि समेत विष्टले प्रयत्न गरेको चर्चा चलेको थियो । उनलाई पैंसा पेलेर टिकट लिन लागेको आरोप समेत लागेको थियो । 
 
आकांक्षीको भिड
जिल्ला कार्यसमिति सभापतिका लागि पछिल्लो पुस्ताका ६ जना आकांक्षी देखिएका छन् । यद्यपि, अहिलेनै संख्या एकिन भएको छैन । परिस्थिति फेरिए अघिल्लो पुस्ताले समेत दावी गर्न सक्ने बताइएको छ । जसले संख्या फेरि थपिनेछ । अहिले रामप्रसाद उपाध्याय, प्रदीप देउवा, नरेन्द्र सिंह, दिपक विष्ट, आनन्द विष्ट र पदमराज जोशी आकांक्षी देखिएका छन् । यी मध्ये उपाध्याय र देउवा बलियो उम्मेद्वारको रुपमा हेरिएका छन् । यद्यपि, लामिखाल गाविसका पूर्व अध्यक्ष समेत रहेका सिंहले कडाईका साथ दावी गरेका छन् ।
 
आकांक्षीमा देउवा पक्षकै भीड बढी देखिएको छ । सुशील कोइरालापक्ष आकांक्षीकै रुपमा समेत पछि परेको छ । रामप्रसाद, प्रदिप, दिपक, नरेन्द्र देउवा पक्षका हुन् । पदमराज सुशील पक्षका आकांक्षीको रुपमा बाहिर आएपनि अन्यले उम्मेद्वारीबारे जानकारी गराएका छैनन् । जिल्लामा गाउँ परिषद् चलिरहेकाले नेता कार्यकर्ता व्यस्त छन् । अधिवेशनको सरगर्मी अझै चढेको छैन । यद्यपि, गाउँपरिषद्को मौकामा उनीहरुले अधिवेशनको प्रचार समेत गरिरहेका छन् । 
 
कस्ले, कस्लाई सहयोग गर्दै छन् ? 
वर्तमान जिल्ला सभापति एवं निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद विरबहादुर बलायरले कार्यवहाक अध्यक्ष रामप्रसाद उपाध्यायलाई नै सहयोग गर्ने बताएका छन् । यस्तै, समानुपातिक सांसद एवं पूर्व जिविस सभापति भरतबहादुर खड्काले पनि उपाध्यायलाई सहयोग गर्ने जनाउ दिएपनि दिपक विष्टलाई सहयोग गर्ने योजना बनाइरहेका बताइएको छ । खड्काले यदी विष्टलाई सहयोग नगरी आफै उम्मेद्वारी दिए बलायरले खड्काविरुद्ध उम्मेद्वारी दिने स्रोतले जनाएको छ । बलायर देउवा पक्षका हुन् भने, खड्का संस्थापन पक्षका मानिन्छन् ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ