arrow

बंगबन्धु गोल्डकपमा नेपालले बङ्गलादेशको सामना गर्ने

logo
प्रकाशित २०७२ पुष ३० बिहिबार
नयबि.jpg.jpeg
काठमाडौँ । भारतमा हुने बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग)को तयारीमा रहेको नेपाली टोलीले बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो तेस्रो खेलमा बङ्गलादेशको सामना गर्ने भएको छ । बङ्गलादेशको ढाकास्थित बंगबन्धु राष्ट्रिय स्टेडियममा भोलि शुक्रबार नेपाली समयअनुसार साँझ ६:४५ बजे नेपालले चिरपरिचित प्रतिद्वन्द्वी बङ्गलादेशको सामना गर्ने भएको हो । नेपाललाई अघिल्लो चरण प्रवेश (सेमिफाइन)का लागि पनि बङ्गलादेशलाई जित्नै पर्ने दबाब छ । 
 
यसअघि दुई खेल खेलको नेपालले एक खेल बराबरी तथा एक खेलमा जित हासिल गरेको छ । नेपालले पहिलो खेलमा साबिक विजेता मलेसियाको फेल्डा युनाइटेड क्लबलाई गोलरहित बराबरीमा रोकेको थियो । दोस्रो खेलमा भने नेपालले राम्रो खेल प्रदर्शन गर्‍यो । यसअघि १३ अन्तर्राष्ट्रिय खेल खेलेको नेपालले निकै लामो समयपछि श्रीलङ्कालाई १–० गोलअन्तरले पाखा लगाउँदै जितको खडेरीलाई तोडेको थियो । 
 
त्यस्तै, भारतमा पुस ८ गते खेलेको साफ च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग भोगेको हारको बदलासमेत लिन सफल भयो । त्यतिबेला नेपाल श्रीलङ्कासँग समान गोलअन्तरले पराजित भएको थियो । त्यस्तै समान दुई खेल नै खेलको बङ्गलादेशले पहिलो खेलमा श्रीलङ्कालाई ४–२ गोलअन्तरले पराजित गरेको थियो भने मलेसियाको फेल्डा युनाइटेड क्लबविरुद्वको दोस्रो खेल १–१ गोलको बराबरीमा टुङ्गिएको थियो । प्रतियोगितामा दुबै टोलीले समान ४-४ अङ्क जोडेका छन् । गोलअन्तरको आधारमा बङ्गलादेश लिगको शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ । 
 
त्यस्तै मलेसियाको फेल्डा युनाइटेड क्लब र श्रीलङ्का क्रमशः लिगको तेस्रो र चौथो स्थानमा छ । मलेसियाको दुई अङ्क छ भने श्रीलङ्का अङ्कविहीन छ । दुबै टोलीले समान दुई खेल खेलिसकेका छन् । विभिन्न आठ टोली रहेको उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन् । प्रत्येक समूहमा पहिलो र दोस्रो स्थान हासिल गर्ने टोलीले सेमिफाइनलको यात्रा तय गर्नेछन् । शुक्रबार नै हुने अर्को खेलमा मलेसिया र श्रीलङ्का अपराह्न ३:१५ बजे भिड्दै छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ