arrow

उपचारमा लापरवाही गरे डाक्टरले नै क्षतिपूर्ति दिनुपर्ने, मस्यौदा तयार पार्न निर्देशन

logo
प्रकाशित २०७४ असोज २ सोमबार
Become-a-Medical-Doctor.jpg

काठमाडौं । अब उपचारमा कुनै डाक्टरले लापरवाही गरेर विरामीको ज्यान गएको वा घाईते भएको खण्डमा त्यसको क्षतिपूर्ति डाक्टरले नै तिर्नुपर्ने प्रावधान सहितको कानूनको मस्यौदा बनाउन सरकारले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ । 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपचारको क्रममा चिकिस्सकको लापरबाहीको कारण मृत्यु हुने र धेरै गम्भीर घाईते पनि हुने समस्या सिर्जना भएकोले त्यस्तापीडितहरुलाई सोही चिकित्सकबाट नै क्षतिपूर्ति दिलाउने उद्देश्यले आवश्यक विधेयक निर्माण गरी सदनमा पेश गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिईएको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । 

त्यस्तै, बैठकले प्रदेशसभा सदस्य निर्वाचनको लागि पिछडिएको क्षेत्र तोकी नेपाल राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय पनि भएकोछ । गैर आवासीय नेपाली संघको आठौं विश्व सम्मेलनको आयोजना गर्ने लगायतका निर्णयहरु भएको मन्त्री बस्नेतले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ