arrow

कक्षा ११ को नतिजा सार्वजनिक, ४९ दशमलव २० प्रतिशत विद्यार्थी उत्तीर्ण

logo
प्रकाशित २०७२ पुष ३० बिहिबार
hsb.jpg.jpeg

काठमाडौ । उच्च माध्यकमिक शिक्षा परिषदले गएको असारमा भएको कक्षा ११ को परिक्षाफल बिहिबार सार्वजनिक गरेको छ। परिक्षामा ४९.२० प्रतिशत परिक्षार्थी उत्तीर्ण भएका छन्। नियमिततर्फ २ लाख ४३ हजार ७ सय ३१ जना परीक्षार्थीले परिक्षा दिएकोमा १ लाख १९ हजार ९ सय १६ जना परीक्षार्थी उतीर्ण भएका हुन्।

आंशिकतर्फ भने १ लाख २६ हजार ९ सय ३० जना परीक्षार्थी सहभागी भएकोमा ४३ हजार ९८३ जना उतीर्ण भएको परिषदले जनाएको छ। 

नतिजा हेर्ने तरिका

नतिजा प्रकाशन भएपछि फोन तथा इन्टरनेटको माध्यमबाट सजिलै नतिजा हेर्न सकिन्छ । यस्ता छन् नतिजा हेर्ने तरिका ।

१) २७२२ मा एसएमएस पठाएर

२७२२ मा एसएमएस गरेर नतिजा हेर्न सकिन्छ । यसका लागि HSEB टाइप गरेर एक स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि २७२२ मा एसएमएस पठाउनु पर्ने छ । उदाहरण : HSEB 20032410 लेखेर २७२२ मा पठाउने ।

२) १६०० मा एसएमएस पठाएर

१६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिन्छ । यसका लागि hseb टाइप गरेर एक स्पेस दिएर आफ्नो जन्म मिति लेखि लेखि १६०० मा एसएमएस पठाउनु पर्ने छ । उदाहरण : hseb 22071382 55/01/01 लेखेर १६०० मा पठाउने ।

३) ५००१ मा एसएमएस पठाएर

५००१ मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिन्छ । यसका लागि HSEB टाइप गरेर सिम्बल नम्बर लेखेर ५००१ मा एसएमएस पठाउनु पर्ने छ । उदाहरण HSEB 123456789 टाईप गरी ५००१ मा पठाउने

४) आई भीआर मार्फत

PSTN तथा CDMA का प्रयोगकर्ताले १६०१ डायल गरेर प्राप्त निर्देशन अनुसार आफ्नो नतिजा थाहा पाउन सक्ने छन् ।

५) एचएससीबी डट एनटिसी डट नेट डट एनपीमा पनि नतिजा उपलब्ध हुनेछ ।

६) एचएससीबीको आफ्नै वेबसाइटमा गएर पनि नतिजा हेर्न सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ