arrow

महोत्तरीको मनरा सिस्वा नपामा राजपा अगाडि

logo
प्रकाशित २०७४ असोज ३ मंगलबार
mahottari.png

गौशाला । महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिकाको प्रारम्भिक मतगणना परिणामअनुसार राष्ट्रिय जनता पार्टी नेपाल अगाडि रहेको छ । 

निर्वाचन अधिकृत यामबहादुर कार्कीका अनुसार प्रारम्भिक मतगणनामा राजपा पहिलो, नेकपा ९माओवादी केन्द्र० दोस्रो र संघीय समाजवादी फोरम नेपाल तेस्रो स्थानमा रहेका छन् । 

५५० मतपत्र गणना भएकोमा १३५ मत ल्याएर राजपा पहिलो, ११७ मत ल्याएर माओवादी केन्द्र दोस्रो र ५५ मत ल्याएर संघीय समाजवादी फोरम नेपाल तेस्रो स्थानमा रहेका छन् । 

मनरा सिस्वा नगरपालिकामा राति ११ः३० बजेदेखि मतगणना शुरु भएको थियो । 

नौ स्थानमा मतगणना 

यसैबीच, बर्दिवासबाट प्राप्त समाचार अनुसार सोमबार मतदान सम्पन्न भएका महोत्तरी जिल्लाका १५ स्थानीय तहमध्ये नौ ठाउँको मतगणना अहिले जारी छ । 

मंगलबार बिहान शुरु भएको मतगणनाको प्रारम्भिक अवस्था सार्वजनिक हुन थालेका छन् जसअनुसार जलेश्वर र भङ्गाहा नगरपालिकामा १०० मतपत्र गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

त्यसैगरी, बर्दिवास, रामगोपालपुर, मनरा शिस्वा, बलवा र गौशालामा मतपत्र गन्न शुरु गरिएको छ । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकामध्ये सात नपा र दुई गाउँपालिकाको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले जानकारी दिए । 

बाँकी तीन नगरपालिका र तीन गाउँपालिकाको अहिले बिहान ८ बजे मतगणना शुरु गरिने सहमतिअनुसार तयारी थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

महोत्तरीमा सम्पन्न चुनावमा कुल तीनलाख आठहजार ४०४ मतदातामध्ये ७३ प्रतिशत मतदाताले मताधिकार प्रयोग गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ