arrow

नेतृत्वकै कारण पार्टी कमजोर भयो : उदयशमशेर राणा

logo
प्रकाशित २०७२ पुष ३० बिहिबार
udhaya.jpg.jpeg
पोरखा । नेतृत्व कमजोर हुँदा संसदमा प्रतिपक्षीका रुपमा पार्टीको भूमीका कमजोर भएको नेपाल तरुण दलका अध्यष उदयशमशेर राणाले  आरोप लगाएका छन् । पोखरामा आयोजित एक कार्यक्रममा सांसद समेत रहेका तरुण दलका अध्यक्ष राणाले संसदको सबैभन्दा ठूलो दल भएर पनि कांग्रेस कमजोर बन्नु दुर्भाग्यपूर्ण भएको बताए । उनले भने, ‘हामी सबैभन्दा ठूलो दल हौं र संसदको प्रमुख प्रतिपक्षी दल पनि तर नेतृत्व कमजोर हुँदा हामीहरुको भूमीका पनि प्रभावकारी हुन सकेन ।’
 
बजारमा कालोबजारी मौलाउँदै गएपनि सरकारले यसलाई नियन्त्रण गर्नेतर्फ कुनै चासो नदेखाएको भन्दै राणाले आक्रोश व्यक्त गरे । उनले भने, ‘सरकार नै कालोबजारीलाई प्रोत्साहन गरिरहेको जस्तो छ, यसका विरुद्ध कांग्रेसले सदनमा सरकारलाई दवाव दिनुपर्छ ।’ मधेशमा जारी आन्दोलनको चाँडो निकास गर्न प्रमुख दलहरु गम्भिर हुनुपर्नेमा समेत उनले जोड दिए । आन्दोलन लम्बिदै जाँदा देश आर्थिक रुपमा दिनानुदिन कमजोर बन्दै गएको उल्लेख गर्दै उनले जतिसक्दो चाँडो सहमति खोज्न आग्रह गरे ।
 



नयाँ