arrow

जनकपुरमा ‘भरतपुरकाण्ड’ दोहोरिने आशंकाले मत गणनामा ढिलाई

logo
प्रकाशित २०७४ असोज ३ मंगलबार
janakpurup.png

काठमाडौं । जनकपुर उपमहानगरपालिकामा मंगलबार दिउँसो ३ बजेसम्म पनि मतगणना सुरु हुन सकेको छैन । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी त्यहाँको सुरक्षाको पूर्ण बन्दोबस्त नगरेसम्मको लागि मतगणना सुरु हुन नसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जनकपुर उपमहानगरपालिकामा अहिले राष्ट्रिय जनता पार्टीका नेताहरुले आफूले चुनाव जितिसकेको भन्दै खुलेहाम कुराकानी गर्दै आएका छन् । उपमहानगरपालिकामा रहेका ‘स्वीम भोटर’हरुको मत आफूतिर आउनेमा उनीहरु ढुक्क रहेका छन् । त्यस्तै, राजपाको जस्तै सोचाई जनकपुरको काँग्रेसले पनि राखेको छ ।

जनकपुरका काँग्रेसीहरु पनि त्यो मतदाताको समूहले अहिले काँग्रेसलाई भोट हाल्नेमा उनीहरु पनि ढुक्क छन् । यस्तो अवस्थामा ती समूहका मतदाताहरुले नेपाली काँग्रेसमा मतदान गरेको खण्डमा राजपाका कार्यकर्ताहरुले चितवनको भरतपुर महानगरपालिकाको वडा नं ९ मा जस्तै मतपत्र च्यात्नसक्ने आशंका पनि त्यहाँ पनि मत गणना सुरु हुन नसकेको हो ।

त्यहाँ पनि अहिले वीरगञ्जमा जस्तै तारजाली लगाएर सुरक्षित रुपमा मतगणना गर्ने ठाउँ तयार पारिँदै छ । यसरी सुरक्षाको पूर्ण ग्यारेन्टी भएपछि मात्रै मतगणना सुरु गरिने जानकारी निर्वाचन अधिकृतको कार्यालयले दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ