arrow

प्रधानमन्त्रीले सस्तो लोकप्रियताको लागी हावादारी कुरा गरे: कडेल

logo
प्रकाशित २०७२ पुष ३० बिहिबार
devendra-300x300.jpg.jpeg
मणि प्रसाद गैह्रे , कपिलवस्तु ।प्रधानमन्त्री केपी शर्मा ओलीले सस्तो लोकपिय्रताको लागी हावादारी कुरा गरेको  पुर्व गृह राज्य मन्त्री तथा नेपाली काग्रेस नेता देवेन्द्रराज कडेलले  बताएका छन । नेपाली काग्रेँस कपिलवस्तुले पार्टी कार्यालय तौलिहवामा  राखेको कार्यकर्ता भेटघाटमा कडेलले यस्तो बताएका हुन । जनताले चुलो बाल्न समेत नपाएको अवस्थामा घर घरमा ग्यास पुर्याई दिन्छु भन्नु औचित्य विनाको भनाइ भएको उनले तर्क गरे । जनताको समस्या समाधान गर्नुको साटो सरकारमा रहेर जनताको दुखेको घाउमा थप दुःख दिने मात्र काम गरेको उनले वताए । वर्तमान सरकार नेपाली कागे्रसको महाधिवेशन पछि आफै ढल्ने वताए । कागे्रसले सरकार ढलाउने काम गर्न पर्देन ओली सरकार ६ जना उपप्रधानमन्त्री वनाउने मन्त्रालय फुटाउने तथा जनताको काम नगर्ने जस्ता कार्यले सरकारको नाम गिनीज बुकमा लेखिने बताए । 
 
त्यस्तै कडेलले नेपाली कागे्रसको १३ औ महाधिवेशनमा सही नेत्तृव चयन गर्नुपर्ने वताए । नेपली कांगे्रस वलियो भए मात्र देश वलियो हुने हुंदा  स्थानीय तह बाट नै सक्षम नेत्तृत्व चयन गर्न उनले कागे्रस कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा जिल्लाका पुर्व पार्टी सभापतिहरु राजेश आर्चाय,सुधाकर पाण्डेय, जिल्ला कोषाध्यक्ष महेन्द्र पाठक जिल्ला सदस्य शोहरत तेली, क्षेत्रिय सभापति गिरिजेश पाण्डेय, प्रेम बहादुर रायमाझी लगायतले आसन्न तेह्रौ  महाधिवेशनको बारेमा वोलेका थिए । कार्यक्रममा सयौ  कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । 



नयाँ