arrow

निजगढमा कांग्रेस र माओवादी केन्द्र गठबन्धनको अग्रता

logo
सुनिल शिवाकोटी,
प्रकाशित २०७४ असोज ३ मंगलबार
congress_Moistcenter.JPG

निजगढ । बाराको १६ स्थानीय तहको मतपरिणाम आउने क्रममा निजगढ नगरपालिकाको १३ सय ३१ मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । सार्वजनिक मतपरिणाम अनुसार मेयरमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धनको अग्रता देखिएको छ । गठबन्धनको काँग्रेसका उम्मेदवारले ८२२ मत प्राप्त गरेका छन भने एमालेका उम्मेदवारले ४ सय ९ मत प्राप्त गरेका छन् । 

उपमेयरमा गठबन्धनबाट माओबादी केन्द्रका उम्मेदवारले ६ सय २७ मत प्राप्त गरेका छन र एमालेका उपमेयरका उम्मेदवारले ३ सय ६५ मत प्राप्त गरेका छन । त्यसैगरी  निजगढ नगरपालिका वडा नम्बर १३ मा नेपाली कांग्रेसको प्यानलनै  विजयी भएका छन ।  नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार सुरेश घलानले ४०६ मत  सहित उनको प्यानल नै विजयी बनेका हो र उनका प्रतिद्धन्दी एमालेका तिलक घलान ले ३ सय ७६ मत ल्याएका छन ।  

यता सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएको छ। त्यहाँ रहेका हाम्रा संवाददाताले जनाए अनुसार मलंगवा एकको ५ सय ५९ मत गणना हुँदा कांग्रेस उम्मेदवार २३५ मतका साथ अग्रता लिरहेको, राजपाका उम्मदवारले १ सय २७ मत प्राप्त गरेको छ भने १ सय २५ मतका साथ स्वतन्त्र उम्मेदवार तेस्रो स्थानमा रहेको र अहिले वडा नम्बर २ र ३ को मतगणना जारी रहेको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ