arrow

समता माइक्रोफाइनान्स वित्तिय संस्थाको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

logo
प्रकाशित २०७२ पुष ३० बिहिबार
samara.jpg.jpeg
कृष्ण पौडेल, सिमरा ।सिमरास्थित समता माइक्रोफाइनान्स वित्तिय संस्थाको दोस्रो वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त वित्तिय संस्थाको रुपमा समताले २०७० बाट कारोवार सुरु गरेको हो । आज वार्षिक साधारणसभाको उदघाटन गर्दै अध्यक्ष डम्मरमणि थेवे लिम्वुले गत आर्थिक वर्ष करीव ४३०० सदस्यहरुलाई करीव ११ करोड लगानी गरेको बताउनुभयो । गत आर्थिक वर्ष संस्थाले झण्डै १२ करोडको कारोवार गरी २२ लाख रुपैया मुनाफा गरेको छ ।
 
साधारणसभामा प्रवन्ध सञ्चालक डा. मदन घिमिरेले चालु आर्थिक वर्ष ५४०० सदस्यहरुवीच कारोवार गर्ने तीस करोडको कारोवार पुर्याउने लक्ष्य रहेको बताउनुभयो ।साधारणसभामा बोल्दै संस्थापक कृष्ण पौडेलले बचत र लघुवित्तमार्फत समुदायको जीवनस्तरमा परिवर्तन ल्याउने परिकल्पनासहित स्थापना भएको संस्थाले भावी दिनहरुमा कृषि उद्यम परिचालन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान दिनुपर्ने बताउनुभयो ।
 
यसै वर्ष संस्थाले सर्वसाधारणलाई करीव एक करोड रुपैयाको साधारण शेयर जारी गर्ने र कार्यक्षेत्र विस्तार गर्ने सोचसमेत रहेको प्रवन्ध सञ्चालक डा. घिमिरेले बताउनुभयो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ