arrow

फेसबुकबाट दीपक दीपाले जुटाए लुगा, दिए २ लाख रुपै‌याँ

'भूकम्प पीडितहरु हिउँमा बसिरहेको देख्दा हाम्रो मन पनि चिसो भयो ।'

logo
प्रकाशित २०७२ पुष ३० बिहिबार
Donate.jpg.jpeg
काठमाडौं । जाडोले कठ्याङ्ग्रिएर कष्टकर जीवन बिताईरहेका भूकम्पपीडितहरुलाई न्यानोपन दिनका लागि चर्चित हाँस्यकलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौलाले न्यानो लुगा हस्तान्तरण गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा सक्रिय युवाहरुको समूह एमआरआर(मेन्स रुम रिलोडेड) मार्फत पीडित समक्ष पु¥याउनका लागि उनीहरुले दर्जनौं थान लुगा बिहीबार समूहका विक्रम केसीलाई हस्तान्तरण गरे ।

‘सामाजिक कार्यमा दीपक दीपाको हातेमालो कार्यक्रम’ अन्र्तगत दीपक दीपाले लुगासँगै दुई लाख रुपैंयाँ नगद पनि समूहलाई प्रदान गरे । ‘बारपाक, लाप्राकलगायतका अन्य क्षेत्रका भूकम्प पीडितहरु हिउँमा बसिरहेको देख्दा हाम्रो मन पनि चिसो भयो, मैले आफै फेसबुकमा न्यानो कपडा सहयोग गर्न आव्हान गरेपछि सोचे भन्दा बढी न्यानो लुगा संकलन गर्न सक्यौं,’दीपकले भने,‘हामीले दुईवटा हिट फिल्म बनाएपछि त्यसबाट प्राप्त मुनाफाको १० प्रतिशत रकम सामाजिक कार्यमा सहयोग गर्ने योजना अनुरुप हामीले दुई लाख रुपैंया पनि सहयोग गरेका हौं ।’ 

दीपकले एनजिओ, आइएनजिओमार्फत काम गर्नुभन्दा पनि युवामार्फत काम गर्दा प्रभावकारी हुने बताए । ‘हाम्रो फिल्मको दर्शक भनेकै युवा हुन्, तिनै युवाकै कारण फिल्मले राम्रो व्यापार गरेको छ, अहिले हाम्रा ती दर्शकहरु जाडोले कामेको देख्दा, सुन्दा र पढ्दा हाम्रो मन पोल्यो, अनि युवालाई नै माध्यम बनाएर सहयोग अभियान शुरु गरेका हौं ।’

अभियानको अर्की अगुवा दीपाश्रीले सामाजिक काम सबैभन्दा आनन्ददायी काम भएकाले आफुहरु सहयोगमा जुटेको खुलाईन । ‘हाम्र सानो सहयोगले पीडितको अनुहारमा उज्यालो आउँछ भने त्यो काममा हामी किन अघि नबढ्ने भनेर न्यानो कपडा अभियान अगाडि बढाएका हौं ।’ उनले भनिन ।

समूहका अगुवा विक्रम केसीले सामाजिक सञ्जालबाट परिवर्तन सम्भव छ भन्ने कुरालाई मध्यनजर गरेर अगाडि बढेको बताए । ‘भएका लुगालाई पनि सही ठाउँमा पु¥याउन गाह«ो परेका बेला दीपक दीपाको सहयोगले हामीलाई हौसला मिलेको छ ।’ उनले भने ।

कार्यक्रममा दीपक दीपाले केही समय अगाडि सिंगापुरमा कार्यक्रम गर्नका लागि लिएको एक लाख रुपैंया एड्भान्स रकम कीर्तिपुरको एक बाल आश्रममा रहेका एचआईभी पीडित बालबालिकालाई सहयोग गर्ने घोषणा गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ