arrow

राष्ट्रियताको शिर नझुकाउन आग्रह

logo
प्रकाशित २०७२ पुष ३० बिहिबार
syanja.jpg.jpeg
श्रीकृष्ण सिग्देल, स्याङ्जा।नेपाली काँग्रेसका केन्द्रिय सदस्य एंव सांसद गोपालमान श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई मुलुकको राष्ट्रियताको सवालमा शिर नझुकाउन आग्रह गरेका छन् । प्रधानमन्त्रीको अर्को महिना हुने भनिएको भारत भ्रमणको प्रसङग कोट्याउदै नेता श्रेष्ठले भ्रमणको बेला गरीने कुराकानी र आधिकारिक एजेण्डाको लागि सबै पार्टीसगँ छलफल गर्नुपर्ने बताएका हुन् । स्याङ्जाको नयाँ भिरकोट नगरपालिकाको पहिलो नगर परिषद घोषणा सभाको उदघाटन गर्दै नेता श्रेष्ठले मुलुकलाई घात हुने खालको सम्झौता नगर्न पनि प्रधानमन्त्रीलाई आग्रह गरे ।
 
आफैले निर्माण गरेको संविधान मिचेर जम्वो मन्त्री मण्डल विस्तार गरेको प्रति आक्रोश हुदै नेता श्रेष्ठले संविधान मिच्ने प्रधानमन्त्रीले राष्ट्रियतामाथी घात गर्न सक्नेमा शंका व्यक्त गरे । सरकारले राष्ट्रियतालाई शिर झुकाउने काम गरेमा राम्रो नहुने भन्दै नेता श्रेष्ठले सबै पार्टीका नेताहरु सगँ छलफल गरेर मात्रै भारत भ्रमणमा जान उनले प्रधानमन्त्रीलाई आग्रह गरे । भारतले लगाएको अघोषित नाकाबन्दीका कारण मुलुक जर्जर भएका बेला प्रधानमन्त्रीको भारत भ्रमणलाई काँग्रेसले शंकाको दृष्टिले हेरेको श्रेष्ठले बताए । नाकाबन्दी र भुकम्पले नेपाली जनतामा परेको समस्याको ख्याल नगरी प्रधानमन्त्रीले जे पायो त्यही बोल्दा जनतामा निराशा र सरकार छ की छैन भन्ने अवस्था आएको श्रेष्ठको भनाई छ । लामो समय सरकारलाई सुझाव दिएका श्रेष्ठले अव सबै दलहरु मिलेर राष्ट्र विकासमा लाग्नुपर्ने बताए ।
 
आन्दोलनका क्रान्ति सकिएको भन्दै नेता श्रेष्ठले अवको क्रान्ति आर्थिक रहेको उल्लेख गरे । भुकम्पबाट स्याङ्जा पनि ठुलो क्षती व्यहोरोको जिल्ला भएको उल्लेख गर्दै व्यवस्थापिका सांसद समेत रहेका श्रेष्ठले सरकारले स्याङ्जाका लागि भुकम्प पिडितलाई पठाएको राहत रकम वितरण नहुनु राम्रो नभएको बताए । तत्काल सरकार र स्थानीय सरकारले भुकम्प पिडितलाई रकम वितरण गर्न समेत आग्रह गरे । 
 
नगर परिषदमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा सांसद धनराज गुरुङ्ले हरेक कार्यक्रममा गरिने फजुल खर्चलाई कटाएर गरिव, विपन्न परिवारलाई वितरण गर्न आग्रह गरे । स्याङ्जाको विकास निर्माणमा जहिले पनि आफु हातेमालो गर्दै अगाडी बढ्ने प्रतिवद्धता समेत व्यक्त गरेका नेता गुरुङ्ले सरकारले कालोबजारीलाई प्रश्चय दिएको बताए । सबै मिले मात्रै मुलुक र गाँउको विकास हुने धारणा व्यक्त गर्दै नेता गुरुङ्ले संविधानको कार्यन्वयन सगै मुलुकले नयाँ काचुली फेर्ने उल्लेख गरे ।
 
परिषद उदघाटन समारोहमा सांसदहरु कमलप्रसाद पंगेनी, मुक्तिप्रसाद पाठक र टेकु नेपालीले स्याङ्जाको विकासका लागि राजनीति नगरी सबै एकजुट हुनुपर्ने धारणा व्यक्त गरे । नयाँ नगरपालिकाको रुपमा बामे सर्दै गरेको भिरकोट नगरपालिका कार्यकारी अधिकृत झविश्वर रेग्मीले चालु र पुँजी गत तर्फ गरी ४ करोड ७५ लाख १७ हजार अनुमानित बजेट पेश गरेका छन् । रेग्मीले राजस्वबाट २० लाख, आन्तरिकबाट २० लाख बाह्रय स्रोत नेपाल सरकारबाट ३८ लाख आय गरिने अनुमान गरेका छन् ।
 
पुँजीगत तर्फ नेपाल सरकारबाट निर्शत १ करोड ५० लाख, न्युनतम ३० लाख, स्थानीय विकास शुल्क ८७ लाख १७ हजार, भवन निर्माण १ करोड, सवारी साधन ३० लाख गरी करिव ५ करोड बजेट अनुमानित पेश गरेको उल्लेख गरे । नयाँ नगरपालिका भएकाले खानेपानी, पक्की सडक, स्वास्थ्य, सुरक्षा, शिक्षा लगायतका पुर्वाधारहरुमा चुनौति रहेकोले बजेको अभावमा असिमित आवश्यकताहेरी बजेट विनियोजन गरिएको रेग्मीले बताए । 
 



नयाँ