arrow

नेवाः फिल्म सोसाइटीको सम्मान कार्यक्रम सम्पन्न

logo
प्रकाशित २०७२ पुष ३० बिहिबार
samman.JPG.jpeg
ललितपुर । नेपाल भाषाको चलचित्रको विकासको लागि कार्यरत नेवाः फिल्म सोसाइटीले विहीबार नेपाल समाचारपत्रका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठ, गोरखापत्रका प्रधानसम्पादक पुष्करभक्त माथेमा र नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईलाई सम्मान गरेको छ ।ललितपुरको झम्सीखेलमा आयोजित एक समारोहकाबीच प्रधानसम्पादकद्वय श्रेष्ठ र माथेमालाई सम्मान गरिएको हो ।
 
सोही अवसरमा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईलाई पनि सम्मान गरिएको थियो । हालै सम्पन्न नेपाल मिडिया सोसाइटीको अध्यक्षमा निर्वाचित हुनुभएका श्रेष्ठ र गोरखापत्रको प्रधानसम्पादकमा नियुक्ती हुनुभएका माथेमाको सफल कार्यकालको कामना गर्दै उहाँहरुले पत्रकारिता मार्फत पुर्‍याउनुभएको योगदानको उच्च सराहना गर्दै समान गरिएको हो ।
 
 सो अवसरमा फिल्म सोसाइटीका अध्यक्ष लुजःसिहले प्रधान सम्पादक माथेमालाई खादा ओढाई सम्मानपत्र प्रदान गर्नुभएको थियो भने अर्का प्रधानसम्पादक श्रेष्ठ आफ्ना बुबा बिरामी भएकोले कार्यक्रममा उपस्थिति हुन नसकेको सन्देश पठाउनुभएको कार्यक्रममा बताइयो । सो अवसरमा सहभागी वक्ताहरुले मातृभाषामा बनाइने चलचित्रमा सम्बन्धित जातजातिको भाषा,संस्कार पहिचान, संस्कृति र परम्परालाई के कति प्रतिविम्बित गर्न सक्यौं वा सकेनौं भनेर समिक्षा गर्नुपर्नेमा जोड दिदै सख्यात्मक रुपमा नभई चलचित्रको गुणस्तरमा ध्यान दिनुपर्ने खाँचो औल्याए ।
 
गोरखापत्रका प्रधानसम्पादक माथेमाले आदिवासी जनजातिहरुको चलचित्र विकासबारे निरन्तर अध्ययन, अनुसन्धान र अन्र्तक्रिया गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले भावनात्मकका अतिरिक्त गुणस्तरीय पक्षलाई ध्यान दिएर मातृभाषाको चलचित्र बनाउनुपर्नेमा जोड दिनुभयो ।सो अवसरमा विकास बोर्डका अध्यक्ष राईले २५ वर्षको दौरानमा नेपाल भाषाको २ सय भन्दा बढी निर्माण भईसकेको सन्र्दभमा नेवार समुदायको जाति, भाषा, संस्कार र सभ्यतालाई चलचित्र मार्फत के कति स्थापित गर्न सक्यौ भनेर पनि समिक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।
 
उहाँले आदिवासी जनजातिको चलचित्रलाई अझ बढी गुणस्तरीय, आकर्षक बनाउन सीप ज्ञानको विकास गर्नुपर्ने पनि बताउनुभयो । चलचित्र विकासको लागि राज्यको ध्यान आकृष्ट गर्न मातृभाषाको चलचित्रकर्मीहरु र सम्बन्धित पक्षको पहुँच बढाउनुपर्ने उहाँको भनाई रहेको छ । सोसाइटीका अध्यक्ष लुःजः सिंहको अध्यक्षतामा सम्पन्न गोरखापत्र दैनिकका सम्पादक पुष्कर माथेमाले आदिवासि जनजाति चलचित्रकर्मीहरुको अन्तक्र्रियात्मक थलोको विकास गर्नुपर्ने बताउनुभएको थियो ।
 
आदिवासि जनजाति चलचित्र महासंघया महासचिव पुर्खाजित राई, विकास बोर्ड अन्तर्गत रहेको आदिवासि जनजाति मातृभाषा चलचित्र प्रवद्र्धन समितिका संयोजक युवराज मास्की मगर लगायतले चलचित्रको गुणात्मक अभिबृद्धि गर्नुका साथै राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय बजार विकासको लागी क्रियाशिल हुनुपर्ने बताउनुभएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ