arrow

माओवादी केन्द्रले पर्सामा खाता खोल्यो

logo
प्रकाशित २०७४ असोज ५ बिहिबार
thori-maoist.jpg

ठोरी । स्थानीय तह तेस्रो चरणको निर्वाचनमा माओवादी केन्द्रले पर्सामा खाता खोलेको छ । ठोरी गाउंपालिकाको प्रमुख र उपप्रमुख जित्दै माओवादी केन्द्रले खाता खोलेको हो । ठोरी गाउंपालिका प्रमुखमा माओवादी केन्द्रका पीएल श्रेष्ठ र उपप्रमुखमा शान्ति थिङले जितेका छन् ।

 श्रेष्ठले एमालेका लालबहादुर श्रेष्ठलाई ४३४ मतले पराजित गरेका हुन् । उपप्रमुखमा थिङले एमालेकी गोकुली कुमारी रेग्मीलाई १६७ मतले पराजित गरेकी हुन् । माओवादी केन्द्रका पीएल श्रेष्ठले २८०३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वि लालबहादुर श्रेष्ठले २३६९ मत ल्याएका छन् । कांग्रेसका जरीलाल थिङ लामाले १८९२ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा माओवादी केन्द्रकी थिङले २४८५ मत ल्याएकी छिन् भने रेग्मी २३१८ मत ल्याएकी छिन । कांग्रेसकी गीता बिष्टले १९५६ मत ल्याएकी छिन् ।५ वडा रहेको ठोरी गाउंपालिकामा माओवादी केन्द्रले ३ वडाको अध्यक्ष जितेको छ भने कांग्रेस र एमालेले १/१ वडा जितेको छ । माओवादीले वडा १, ३ र ४, कांग्रेसले २ र एमालेले वडा ५ जितेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ