arrow

काँग्रेसको प्रचार समितिद्धारा पत्रकारहरुसंग परामर्श

logo
प्रकाशित २०७२ पुष ३० बिहिबार
Congres-FNL.jpg.jpeg
जीवन भण्डारी, काठमाडौं। नेपाली काँग्रेसको १३औं महाधिवेशनका लागि गठित प्रचार प्रसार समितिले आज पार्टीको सुभेच्छुक संगठन नेपाल प्रेस युनियनसंग परामर्श गरेको छ । 
 
युनियनको केन्द्रीय कार्यालय थापागाउमा भएको परामर्श बैठकमा समितिका संयोजक डा. मिनेन्द्र रिजालले महाधिवेशन र काँग्रेससंग संवन्धीत सूचना तथा जानकारीहरु लिनका लागि पत्रकारहरुलाई सजिलो गराउन चाडै नै सुचना केन्द्र स्थापना गर्ने तयारी भईरहेको जानकारी दिए। 
 
उनले पार्टी र महाधिवेशनका बारेमा समाचार, फिचर, लेख रचना आदी तयार पार्न चाहनेलाई कसरी सजिलो बनाउन सकिन्छ भन्ने बारेमा विभिन्न चरणमा आफ्नो समितिले परामर्श र छलफल गरिरहेको पनि बताए। 
 
बैठकमा सहभागी युनियनका पदाधिकारी तथा बरिष्ठ पत्रकारहरुले महाधिवेशनका अवसरमा काँग्रेस र लोकतन्त्रको संवन्ध, काँग्रेस र प्रेस स्वतन्त्रताको संवन्ध, काँग्रेसका समग्र पक्षका बारेमा पर्याप्त सामग्रीहरु उपलव्ध गराउन, नकारात्मक समाचारहरु आएमा त्यसलाई रचनात्मक सुझावका रुपमा लिन, संचार माध्यमहरुलाई उपयोग गर्ने नियत नराख्न सुझाव दिएका थिए। 
 
बैठकले युनियनको कार्यालयलाई प्रचार समितिको सम्पर्क कार्यालयको रुपमा प्रयोग गर्ने निर्णय पनि गरेको युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिए। 
 
बैठकमा युनियनका पदाधिकारीहरु सहित बरिष्ठ पत्रकारहरु हरिहर विरही, तारानाथ दाहाल, राससका अध्यक्ष कुलचन्द्र वाग्ले, गोरखापत्र संस्थानका अध्यक्ष रमेश तुफान, डा. सुरेश आचार्य, लगायत सहभागी थिए।



नयाँ