arrow

कार्यदल बैठक शुक्रबार, पहिलो बैठकपछि भागेका महरा अझै फर्केनन्

घुमिफिरी शीर्ष नेताकै टाउकोमा मधेस मुद्दा

logo
प्रकाशित २०७२ पुष ३० बिहिबार
3-party-and-morcha-task-force.jpg.jpeg
काठमाडौं । सरकार, तीनदल र मधेसी मोर्चा सम्मिलित कार्यदलको विहिबार डाकिएको बैठक बस्न सकेन । बैठक शुक्रबार सरेको छ । मंगलबारको बैठकमा सत्ताधारी तथा विपक्षी कार्यदल सदस्यले वुधबार शीर्ष नेतासंग छलफल गर्ने भनेकामा हुन सकेन । विहिबार निर्णय तहको वार्ता हुने उनीहरुले बताएका थिए । यद्यपि, विहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकले आन्दोलनरत मधेसी मोर्चाले उठाएका अधिकांश माग पूरा गर्ने जनाउ दिएको छ ।  
 
मधेसी मोर्चाका मागको विषयमा साझा धारणा बनाउन कांग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसेको हो । बैठकपछि नेताहरुले शुक्रबार सरकार र कार्यदलबीच छलफल हुने र सहमतिको ड्राफ तयार पार्ने बताए । विहीबार दिउँसो १ बजे बस्ने भनिएको कार्यदल बैठक आन्तरिक छलफल गर्नुपर्ने भन्दै स्थगित भयो । आन्तरिक छलफलबारे कार्यदल सदस्य कसैले जानकारी दिएनन् । 
 
यस्तै, तीन दलले कार्यदलको बैठक बस्नुअघि आन्तरिक छलफल गर्ने सहमति गरेका छन् । शुक्रबार बस्ने कार्यदलको बैठकमा सहमति जुट्न नसके प्रमुख तीन दलका शीर्ष नेता र मधेसी मोर्चाका शीर्ष नेताबीच पुनः छलफल गर्ने तय भएको छ । मधेस समस्या समाधान र सीमाङ्कन हेरफेरका लागि कार्यविधि तयार पार्न गठित कार्यदल र सरकारबीच विहिबार गम्भीर छलफल हुने तयारी थियो । यद्यपि, कार्यदल सदस्यहरु लाखा–पाखा लागेका छन् । कार्यदल सदस्यहरुको लापर्वाहीले छलफल लम्बिएको असन्तुष्टहरुको भनाई छ । 
 
सत्ताधारी दलका कार्यदल सदस्यहरु अझै जिम्मेवार भएका छैनन् । कार्यदलमा मधेसी मोर्चासंगको सम्वादबारे बढी जानकार र जिम्मेवार मानिएका कार्यदल सदस्य एवं उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष भीम रावलको व्यस्तताले छलफलले गम्भीरता नपाएको टिप्पणी भइरहेको छ । यस्तै, सत्तागठबन्धनको अर्को ठूलो शक्ति एकिकृत माओवादी महासचिव तथा कार्यदल सदस्य कृष्णबहादुर महरा पहिलो दिनको बैठकयता वेपत्ता छन् । महराले आफु काठमाडौं बाहिर रहेको बताएका छन् ।
 
पार्टीको आन्तरिक कामले महरा जिल्ला दौडाहामा छन् । स्थानबारे जानकारी नदिएका महराले हाम्राकुरासंग भने,‘म काठमाडौं बाहिर छु, मिटिङमा हुनाले म अहिले कुरा गर्द सक्दिँन, आधा घण्टापछी फोन गर्नुस् ।’ आधा घण्टापछि टेलिफोन गर्दा महराले फोन रिसिभ गरेनन् । कार्यदल सदस्यको यही चालाले शुक्रबारको बैठक समेत अन्योलमा छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ