arrow

वीरगञ्ज महानगरपालिकामा ६ घण्टा पछि मतपरिणाम आयो, काँग्रेस अगाडि 

logo
प्रकाशित २०७४ असोज ५ बिहिबार
birjung_mahanagarpalika.png

काठमाडौं । सात घण्टा पछि वीरगञ्ज महानगरपालिकाको प्रारम्भिक मत परिणाम आएको छ । सोमबार भएको स्थानीय तहको निर्वाचनमा दुई नं प्रदेशको एकमात्र महानगरपालिकाको रुपमा रहेको वीरगञ्जमा पछिल्लो सातघण्टादेखि मत परिणाम सार्वजनिक गरिएको छैन । 

उक्त मतपरिणाम अनुसार कूल १६ हजार ३ सय १४ मतगणना को पछिल्लो परिणाम सार्वजनिक भएको हो । जसमा मेयर तर्फ काँग्रेस उम्मेदवारको ३४ सय १३ र उपउपप्रमुख तर्फ ४ हजार मत काँग्रेसले पाएको छ । 

उनका निकटतम प्रतिस्पर्धी राजपाका उम्मेदवारले ३२ सय ६ मत ल्याएको छ भने उपप्रमुखमा २८ सय १० मत आएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । तेस्रो हुने फोरम लोकतान्त्रिकका उम्मेदवार २८ सय ४४ र उपप्रमुखमा २७ सय ७६ मत आएको छ । 

चौथोमा माओवादी केन्द्रको २१ सय २६ र उपप्रमुखतर्फ १४ सय ९७ मत आएको छ । एमालेको भने  प्रमुखमा १७ सय ४७ र उपप्रमुखमा २१ सय १६ मत आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ