एकै महिलालाई ४३ हजार भन्दा बढी पटक वलात्कार!

मानव तस्करीको डरलाग्दो अवस्थाको चित्रण

प्रकाशित मिति : २०७२ माघ १ शुक्रबार
कार्ला जेसिन्टो
काठमाडौं। तपाइ यस्तो पनि हुन सक्छ भनेर सुन्दा पनि आश्चर्यमा पर्न सक्नुहनेछ। तर यो सत्य घटना हो। घटनाका पात्रले स्वयंले यो कुरा बताएपछि संसारभरकै मानिसहरु आश्चर्यमा परेका छन्। 
 
अमेरिकाको मेक्सिको शहरमा बस्ने कार्ला जैसिंटोमाथि ४३ हजार भन्दा बढीपटक वलात्कार भएको सुन्दा जोसुकैको पनि आङ सिरिङग हुन्छ। तर यो वास्तविकता उनले सार्वजनिक गरिन। 
 
अन्तराष्ट्रिय समाचार संस्था सिएनएन इन्टरनेशनलले दिएको समाचार अनुसार बलात्कृत ती महिलालाई ५ बर्षको उमेरदेखि नै वलात्कार हुद्दै आएको बताएको छ। 
 
यो घटनाले मानव तस्करीको डरलाग्दो अवस्थालाई पनि चित्रण गरेको छ। मानव तस्करको हातमा परेकी उनको सानै उमेरदेखि वलात्कार हुँदै आएको थियो। कार्लाको अनुसार मानव तस्करहरुले उनलाई दिनमा ३० पटक सम्म वलात्कार गरेका थिए। 
 
कार्लाले भनेकी छन् सानैमा परिवारसँग छुट्टिनु परेका कारण पारिवारीक मोह देखिएको बताइन। आफूलाई एक नातेदारले ५ बर्षकै उमेरमा पनि वलात्कार  गरेको उनले दावी गरिन्। 
 
मानव तस्करहरुले आफूलाई अप्ठ्यारोमा पारेर भएपनि चरम यौन शोषण गरेको उनको भनाई छ। 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ