नवरात्रकी देवीको पहिलो रुप शैलपुत्रीको उत्पत्तिको कथा र आराधनाको मन्त्र
प्रकाशित २०७४ असोज ६ शुक्रबार
436
Shares
काठमाडौं । नवदुर्गाको पहिलो रुप हो शैलपुत्री । शक्तिको आराधनाको महापर्वको रुपमा रहेको नवरात्रको पहिलो दिन मनाईन्छ शक्तिस्वरुपमा देवी शैलपुत्रीको पूजापर्व । हिन्दू धर्मग्रन्थका अनुसार देवी शैलपुत्रीको जन्म पर्वतराज हिमालयमा भएको थियो । त्यसैले उनलाई शैलसुता पनि भनिन्छ । तिनै देवी शक्ति स्वरुपा देवीको पूजा नवरात्रिको पहिलोदिन गरिन्छ ।
देवी शैलपुत्रीको उत्पत्तिको कथा
पौराणिक आख्यानका अनुसार आफ्नो पूर्व जन्ममा देवी शैलपुत्री प्रजापति दक्षराजकी कन्या थिईन् । तव उनको नाम सति थियो । आदि शत्तिः देवी सतिको विवाह भगवान शंकरसँग भएको कुरा स्वस्थानी व्रत कथा सुन्ने सबैलाई थाहा भएकै विषय हो । सतिपिता दक्षले एकदिन एउटा यज्ञगरे । जसमा सबै देवीदेवतालाई बोलाए तर भगवान शिवलाई भने उनले नबोलाएपछि सति यज्ञमा आफैं गएको र त्यहाँ आफ्नो बाबुआमाले आफ्ना पतिको अपमान गरेको देखेर प्राण त्याग गरेको विषय त हामीले धेरै अघि नै सुनिसकेको विषय हो ।
त्यसको पछिल्लो जन्ममा देवी सतिले हिमालयकी पुत्री देवी पार्वतिको नाममा जन्म लिइन् । जसलाई शैलपुत्री पनि भन्न थालियो । तिनै शैलपुत्रीले देवीको रुपमा जगत(कल्याणका लागि पार्वती, हेमवती तथा शैलपुत्रीको नामबाट चिनिने तिनै शैलपुत्रीको नवरात्रिमा पहिलोदिन पूजा गरिन्छ ।
यस्तो हुन्छ प्रथम नवदुर्गा शैलपुत्रीको दिव्य रुप
नवदूर्गामध्ये पहिलो देवी शैलपुत्री आफ्नो दाहिने हातमा त्रिशूल धारण गर्दछिन् । जुन भगवान शिवको पनि अस्त्र हो । देवी शैलपुत्रीको त्रिशूल जसले पापियोका विनास गर्छ र त्यसैले आफ्नो भक्तलाई अभयदान पनि दिनसक्छ ।
उनको वायाँ हातमा कमलको पुष्प रहेको हुन्छ । जुन अविचल ज्ञान तथा शान्तिका प्रतीक हुन् । भगवान शिवका भान्तिदेवी शैलपुत्रीको वाहन पनि वृषभ नै हुन् । त्यसैले पनि यिनलाई यही कारणले उनलाई वृषारूढ देवीको नामले पनि चिनिन्छ ।
देवी शैलपुत्रीको आराधनाको प्रभावशाली मन्त्र
नव दुर्गाका प्रथम रुप शैलपुत्रीको शक्ति अपरम्पार रहेको छ । मान्यता यो रहेको छ कि नवरात्र(पूजनको प्रथम दिन यी देवीको उपासना उपयुक्त मन्त्रद्वारा गर्नाले साधकको मनोवाञ्छित फलको प्राप्ति हुन्छ वा देवी माताको कृपा प्राप्त हुन्छ भन्ने विश्वास हो । हेर्नुहोस् शैलपुत्रीको आराधनाको मन्त्र यस्तो छ ।