बलबा नगरपालिका प्रमुखमा काँग्रेस र उपप्रमुखमा राजपा
प्रकाशित २०७४ असोज ६ शुक्रबार
318
Shares
महोत्तरी । महोत्तरी जिल्लाको बलवा नगरपालिकाको प्रमुख पदमा नेपाली काँगे्रस र उपप्रमुख पदमा राजपा विजयी भएका छन् ।
निर्वाचन अधिकृत सुदीपकुमार दंगालका अनुसार बलवा नगरपालिकाको प्रमुख पदमा काँग्रेसका विनोद यादव र उपप्रमुख पदमा राजपाकी रीतादेवी झा विजयी भएका हुन् ।
बलवा नगरपालिकाको प्रमुख पदमा काँग्रेसका विनोद यादवले तीन हजार ६१६ मत प्राप्त गरी विजयी भए भने उपप्रमुख पदमा राजपाकी रीतादेवी झाले तीन हजार ८३६ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत दंगालले बताए ।
त्यस्तै, उनीहरुका निकटतम प्रतिद्वन्द्वीका रुपमा प्रमुख पदमा राजपाका रामविजय महतोले तीन हजार ४९६ र उपप्रमुखमा काँग्रेसकी रामदुलारी देवीले तीन हजार ६३७ मत प्राप्त गरेका छन् ।