- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
निजगढ । बाराको १६ स्थानीय तहको मतपरिणाम आउने क्रममा जारी रहेको अवस्थामा निजगढ नगरपालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । सार्वजनिक मतपरिणाम अनुसार मेयरमा काँग्रेस र माओवादी केन्द्रको गठबन्धन बिजयी भएको छ ।
गठबन्धन तर्फबाट नगरपालिका प्रमुखका साझ उम्मेदवार सुरेश कुमार खनालले ७६४८ मत ल्याई विजयी भएको छन । उनी काँग्रेसबाट उम्मेदवारी बनेका थिए । उनका निकतम प्रतिस्पर्धी एमालेका यमबहादुर खड्काले ६८१८ मत प्राप्त गरेका छन ।
त्यस्तै उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार लीलादेवी लामिछाने ६७७३ मत प्राप्त गरी छन । उनकी निकतम प्रतिस्पर्धी माओवादीकी बेनी बहादुर मोक्तानले ६३७६ मत प्राप्त गरिन् ।