- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गौशाला । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत शम्भु गौतमका अनुसार प्रमुखमा हरिप्रसाद मण्डल र उपप्रमुख पदमा शिवोदेवी साह विजयी भएका हुन् ।
प्रमुखमा हरिप्रसाद मण्डलले तीन हजार ४०३ र उपप्रमुखमा शिवोदेवी साहले तीन हजार १७० मत ल्याएका छन् । उनिहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः नेकपा (एमाले)का मोजिम राइनले एक हजार ५९७ र नेपाली काँग्रेसकी जुमेदा खातुनले एक हजार ६४८ मत प्राप्त गरे ।