- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म ६६ स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।
निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट शुक्रबार अपराह्न ६:०० बजे प्राप्त विवरणअनुसार प्रमुख एवं अध्यक्षमा नेपाली काँग्रेसका २१, नेकपा (माओवादी केन्द्र) १३, संघीय समाजवादी फोरम नेपाल १० , राष्ट्रिय जनता पार्टी नेपालका ११, नेकपा (एमाले)का ८, नेपाल लोकतान्त्रिक फोरमका दुई र नेपाली जनता दलका उम्मेदवार एक स्थानीय तहमा विजयी भएका छन् ।
यसैगरी अहिलेसम्म ८९० वडाको अन्तिम मत परिणाम प्राप्त भइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । मतगणना बाँकी रहेका ७३ स्थानीय तहमध्ये एकाध स्थानमा मतगणनामा गतिरोध उत्पन्न भएका कारण सर्वदलीय सहमति गरी मतगणना सञ्चालन गर्ने प्रयास भइरहेको र अन्य सबै स्थानमा मतगणना शान्तिपूर्ण रूपमा जारी छ ।