arrow

बैतडीमा माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगायो

logo
प्रकाशित २०७४ असोज ७ शनिबार
CPN-maoist.jpg.jpeg

बैतडी। नेकपा (माओवादी केन्द्र) बैतडीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ। तीनदेखि बसिरहेको जिल्ला कमिटीको बैठकले उम्मेदवारको टुंगो लगाएको हो। माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ पूर्वसभाषद् एवं पार्टी जिल्ला इन्चार्ज नरेन्द्र कुँवर (विजयसुन्दर)लाई अघि सारेको छ। यसैगरी प्रतिनिधिसभामा समानुपातिकतर्फ पूर्वसभाषद् एवं माओवादी पोलिटब्युरो सदस्य रेणु चन्दलाई उम्मेदवार बनाएको वाईसीएल जिल्ला इन्चार्ज कमल बोहराले जानकारी दिए।

यस्तै प्रदेशसभाका लागि प्रत्यक्षतर्फ क्षेत्र नं १ मा पार्टीका जिल्ला संयोजक प्रेमप्रकाश भट्ट (आदित्य ) र क्षेत्र नं २ मा गोपाल चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको उनले बताए। प्रदेशसभाका लागि समानुपातिकतर्फ जिल्ला कमिटी सदस्य भुवनचन्द्र विश्वकर्मालाई (शान) उम्मेदवार बनाउने निर्णय भएको छ। उम्मेदवारको टुंगो लगाएसँगै माओवादी केन्द्रले चुनाव प्रचारप्रसारलाई तीव्रता दिने निर्णयसमेत गरेको छ।

बैतडीमा पहिलो चरणमा आगामी मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुनेभएको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ