arrow

भोजनको संयोजक नै भोकहड्तालमा बसेपछि काँग्रेसमा अन्यौलता

logo
प्रकाशित २०७२ माघ १ शुक्रबार
ansan-by-kc.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसको आसन्न १३औं महाधिवेशनका लागि भोजन तथा आवासको व्यवस्थान गर्न भन्दै पार्टीले गठन गरेको भोजन तथा आवास व्यवस्थापन समितिका सदस्यहरु अहिले अन्यौलमा परेका छन् । भोजन तथा आवास समितिका संयोजक नै भोक हड्तालमा बसेपछि भोजनको व्यवस्थापन गर्ने जिम्मेवारी पाएका पार्टीका नेताहरु नै अन्यौलमा परेका हुन् । 
 
केन्द्रीय समितिद्धारा समितिका संयोजक तोकिएका पार्टीका केन्द्रीय सदस्य बलबहादुर केसी पार्टीको क्रियाशिल सदस्यता संवन्धी विवादका कारण पार्टी केन्द्रीय कार्यालयमै भोक हड्तालमा बसेका छन । “समितिका संयोजक नै भोक हड्तालमा बसेर व्यस्त भएकाले होला अहिले सम्म समितिका बारेमा हामीलाई कुनै जानकारी छैन”, समितिका सदस्य तथा पार्टीका केन्द्रीय सदस्य रामकुमार चौधरीले भने । उनले समितिका सदस्यहरुसंग अहिले सम्म पनि संयोजकले सम्पर्क नगरेकाले अहिले सम्म केही बैठक तथा गतिविधि नभएको हुन सक्ने अनुमान गरे। 
समितिका संयोजक केसीलाई सम्पर्क खोज्दा उनीसंग सम्पर्क हुन सकेन । समितिका अर्का सदस्य शंकर भण्डारीले पनि समितिका बारेमा आफुलाई कुनै जानकारी नभएको भन्दै समितिका गतिविधि बारे अनविज्ञता प्रकट गरे । उनले पार्टीले दिएको जिम्मेवारी पुरा गर्ने तर्फ भन्दा अन्यन्त्र ध्यान दिने प्रबृत्तिले पार्टीमा समस्या परेको बताए। आफु सो समितिमा बस्न ईच्छुक नभएको पनि भण्डारीको भनाई थियो। 
 
समितिका संयोजक भोकहड्लातमा र सदस्यहरुको अनविज्ञता तथा अरुचीले महाधिवेशनका बेला भोजन तथा आवास व्यवस्थापनमा समस्या आउने हो की भन्ने धेरैले शंका गर्न थालेका छन् । हुन त समितिका संयोजक केसी यसअघिको १२औं महाधिवेशनमा पनि भोजन तथा आवास समितिकै संयोजक थिए । उनको समितिले त्यतिवेला गरेको काम प्रति खासै गुनासो र आलोचना भएको थिएन । यसअघिको महाधिवेशनमा सफलतापुर्वक व्यवस्थापन गरेकाले यसपटक पनि उनले अव केहीदिनमा काम सुरु गरेभने पनि  सफतापुर्वक व्यवस्थापन गर्न सक्ने देखिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ