arrow

पारस खड्काले फुटसल बन्द भएको समाचार पत्याउन सकेनन् !

'आशामात्र गर्न सक्छु की फुटसल एरेना खुल्नेछन्'

logo
प्रकाशित २०७२ माघ १ शुक्रबार
Paras_Khadka_FB.jpg.jpeg
काठमाडौ। प्रशासन र नेपाल प्रहरीले फुटसल एरेना बन्द गर्ने निर्णय प्रति नेपाली क्रिकेटका स्टार खेलाडी एवं कप्तान पारस खड्काले असहमती जनाएका छन्। हिजो बिहिबार नेपाल प्रहरी र जिल्ला प्रशासनले अपराध बढेको, अवांच्छित गतिबिधी बढेको र दर्ता नगरी फुटसलहरु चलाईएको भन्दै काठमाडौंका सबै फुटसल बन्द गर्ने आदेश दिएको थियो। 
 
पारसले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन् 'पत्याउनै सकिरहेको छैन् कि यो स्थिती आईसकेछ......आशामात्र गर्न सक्छु की फुटसल एरेना खुल्नेछन् र हाम्रो जिवनमा पुनर्ताजगी भर्नेछन्। हामीसँग कुनै खेल्नका निम्ति कुनै सार्वजनिक स्थलहरु छैनन् र यही (फुटसल) मात्र एउटा माध्यम थियो। आशा छ सरकारले नियम र मापदण्ड बनाउने छ र हामी फेरि खेलमा फर्कनेछौं .........!!'
 
नेपाली फुटबलको खस्किंदो स्थिती र काठमाडौंमा सार्वजनिक खेल स्थलहरुको कमी भैरहेको बेला नेपाली क्रिकेट कप्तानको यस्तो अभिव्यक्तीलाई नेपाली प्रशासकहरुले कसरि लिन्छन् त्यो समयले बताउला. तर खेलकुदका पारखी कप्तान पारसको मन भने प्रशासनको निर्णयले पक्कै कुडिएको छ। उनको सामाजिक संजाल मार्फत सार्वजनिक गरेको अभिव्यक्तीले उक्त कुरा चिच्याएर भनिरहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ