arrow

हिट फिल्म लगानका गुरन बाबा रहेनन्

हैदराबादमा एक दक्षिणी फिल्मको सुटिङ भइरहँदा उनलाई हृदयघात भएको थियो ।

logo
प्रकाशित २०७२ माघ १ शुक्रबार
rajeshvivek-lagaan1.jpg.jpeg
मुम्बई । बलिउड अभिनेता आमिर खानको सम्झनालायक फिल्म ‘लगान’मा ‘गुरन बाबा’ को भूमिकामा अभिनय गर्ने कलाकार राजेश विवेकको ६६ वर्षको उमेरमा निधन भएको छ । फिल्ममा अफबिट भूमिकामा अभिनय गरेर दर्शकको मन जितेका उनको हृदयघातको कारण निधन भएको परिवारले जनाएको छ । उनले ‘बैंडिट क्विन’, ‘स्वदेश’ लगायतका कैयौं फिल्ममा अभिनय गरेका थिए । उनले केही टेलिभिजन सिरियलमा पनि अभिनय गरेका थिए ।

समाचार अनुसार हैदराबादमा एक दक्षिणी फिल्मको सुटिङ भइरहँदा उनलाई हृदयघात भएको थियो । राजेशका मित्र विष्णु शर्माले हैदरावादमा उनको दिउँसो करिब ३ बजे निधन भएको थियो । विवेकले पहिलो पटक सन् १९७८ श्याम बेनेगलको फिल्म ‘जुनुन’मा अभिनय गरेका थिए । ‘महाभारत’, ‘भारत एक खोज’ र ‘अघोरी’मा उनको भूमिका सम्झनलायक छ ।

उनको जन्म ३१ जनवरी १९४९ मा उत्तर प्रदेशमा भएको थियो । अभिनय प्रति उनको लगाव शुरुदेखि नै थियो । जौनपुरमा एमएको पढाई सकेपछि उनी दिल्ली आएका थिए । उनले त्यहाँ नेशनल स्कुल अफ ड्रामा थिएटरमा पढाई शुरु गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ