arrow

राष्ट्रिय अन्तर–क्लब क्रिकेटमा त्रिभुवन आर्मीको विजयी सुरुवात

राष्ट्रिय खेलाडीको दबदबा

logo
प्रकाशित २०७२ माघ १ शुक्रबार
cricket-domestic.jpg.jpeg
काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय अन्तर–क्लब क्रिकेटमा त्रिभुवन आर्मीले विजयी सुरुवात गरेको छ । विहिबार कीर्तिपुर क्रिकेट मैदानमा भएको नेपाल इन्जिङ्यरिङ् कलेज र त्रिभुवन आर्मीबीच भएको प्रथम राष्ट्रिय अन्तर–क्लब टि–२० क्रिकेटकाे  पहिलो खेलमा आर्मी १ सय ७ रनले विजयी भएको छ ।
 
पहिले व्याटिङ्ग रेको आर्मीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ६० रनको योगफल बनायो । राष्ट्रिय खेलाडीले भरिएको आर्मीका लागि शरद भेषावकरले आक्रमक व्याटिङ् गरे । शरदले४८ बलको सामना गर्दै अविजित ५९ रन बनाए । यस्तै, सागर पुनले २९ तथा अनिल मण्डलले २० रन बनाए । बलिङतर्फ इन्जिङ्यरिङ् कलेजका पल्डेन लामाले ३ विकेट लिए ।  
 
१ सय ६१ रनको चुनौती पछ्याएर जवाफी व्याटिङ् गरेको इन्जिङ्यरिङ् कलेजले १६ ओभर १ बलमा अलआउट हुनु पूर्व ५३ रन मात्र बनाउन सक्यो । उसका लागि निशान्त गढोत्राले १७ जोड्नु बाहेक अन्य व्याट्सम्यानले दोहोरो अंक स्कोर गर्न सकेनन् । इन्जिङ्यरिङ् कलेजको इनिङ् ध्वस्त पार्न आर्मीका जितेन्द्र मुखियाले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । यस्तै, चन्द्र साउदले ३ विकेट चिट्काए । जितेन्द्र खेलको म्यान अफ द म्याच घोषित भए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ