arrow

ओस्कार मनोनयनमा द रेवनेंटको अग्रता

अवार्ड वितरण हलिउड बब्ली थिएटरमा २८ फेब्रुअरीमा हुनेछ ।

logo
प्रकाशित २०७२ माघ १ शुक्रबार
oscars.jpg.jpeg
लसएञ्जल्स । विश्व फिल्म क्षेत्रको प्रतिष्ठित अवार्डका रुपमा लिईने ओस्कार अवार्डको ८८ औं संस्करणका लागि मनोनयन सार्वजनिक भएको छ । मनोनयनमा गोल्डेन ग्लोब अवार्ड विजेता अभिनेता लियानार्दो डिकैप्रियो अभिनित फिल्म ‘द रेवनेंट’ सर्वाधिक १२ विधामा परेको छ । यो फिल्म पछि ‘म्याड म्याक्सःफ्युरी रोड’ १० विधामा परेको छ । यी दुई फिल्मसहित ‘द बीग सर्ट’, ‘ब्रिज अफ स्पाईज’, ‘द मार्टियन’, ‘ब्रुकलिन’, ‘रुम’ र ‘स्पटलाईट’ उत्कृष्ट फिल्मको मनोनयनमा परेका छन् ।

मनोनयनमा ‘द मार्टियन’ ७ र ‘ब्रिज अफ स्पाईज’, ‘केरल’ र ‘स्पटलाईट’ ६–६ विधामा मनोनित भएका छन् । उत्कष्ट अभिनेताको मनोनयनमा लियोनार्दो डिकेप्रियो(द रेवनेंट), माइकल फासबेण्डर(स्टीब जब्स), एडी रेडमेन(द डेनिस गर्ल), ब्रायन क्रेनस्टन(ट्रंबो) र मेट डेमज(द मर्सन) परेका छन् ।

अभिनेत्रीको सूचीमा केट ब्लांचेट(केरल), ब्री लार्सन(रुम), जेनिफर लरेन्स(जोय), कारलोट रेप्लिङ(४५ इयर्स) र रोनल(ब्रुकलिन) परेका छन् । त्यस्तै निर्देशकको सूचीमा अलहान्द्रो गोन्सालेस इनारितु(द रेवेनन्ट), ऐडम मैके(द बीग शर्ट), जर्ज मिलर(म्याड मेक्सःफ्युरी रोड), लेनी अब्रामेसन(रुम) र टम मेकोथी(स्पटलाइट) छन् ।
अवार्ड वितरण हलिउड बब्ली थिएटरमा २८ फेब्रुअरीमा हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ