प्रदेश र संघको निर्वाचनमा जुट्न पाँचथर एमालेको यूवाहरुलाई आग्रह
प्रकाशित २०७४ असोज ९ सोमबार
334
Shares
पाँचथर। प्रदेश र संघको निर्वाचन नजिएको हुँदा चुनावको तयारीमा लाग्न नेकपा एमाले पाँचथरले यूवाहरुलाई आग्रह गरेको छ। वडादशैँको अवसरमा सदरमुकाम फिदिममा यूवा संघ फिदिम आयोजीत कार्यक्रममा बोल्दै पाटीका नेताहरुले यस्तो बताएका छन्। कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटी सचिव तिवेन्द्रराज चापागाईले वडादशैँको अवसरमा शुभकामना ब्यक्त गर्दे अव प्रदेश र संघको चुनाव आएको हुँदा यूवाहरु चुनावको तयारीमा जुट्न आग्रह गरे।
यस्तै जिल्ला समन्वय समिती पाँचथरका प्रमुख तथा नेकपा एमालेका नेता बिमल सापकोटाले यूवाहरु परिवर्तनको संवाहक भएको हुँदा मुलकको विकाश र समृद्धिको लागि यूवाहरु जुट्ने बेला आएको बताए। फिदिम नगर कमिटी अध्यक्ष गणेश योङहाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमालेका जनवर्गिय संगठनका प्रमुख तथा प्रतिनिधीहरुले मनतब्य ब्यक्त गरेको प्रेस चौतारी पाँचथर जिल्ला अध्यक्ष तुलसी क्षितिजले जानकारी दिए।