arrow

कार्यदल बैठक फेरि अन्योलमा, ‘महरा फर्के, अन्य लुके’

संक्रमणकालिन गोल चक्कर

logo
प्रकाशित २०७२ माघ १ शुक्रबार
barta-toli.jpg.jpeg
काठमाडौं । सरकार र तीन दल तथा मधेसी मोर्चाको कार्यदलबीच शुक्रबार (आज) बस्ने भनिएको बैठक समेत अन्योलमा छ । विहिबार बस्नु पर्ने बैठक आन्तरिक छलफल भन्दै शुक्रबारलाई सरेकामा फेरि पनि बैठकबारे अन्योल देखिएको हो । विहिबार बालुवाटारमा बसेको शीर्ष तीन दल बैठकले कार्यदल छलफल अघि आन्तरिक छलफल गर्ने तय गरेको थियो । यद्यपि, कार्यदल सदस्यहरुले सुचना नचुहाउने रणनीति अनुसार आन्तरिक छलफल भइरहेको बताए पनि पार्टीको वा कार्यदलको भन्नेबारे खुलाएका छैनन् ।
 
कार्यदल सदस्य तथा कांग्रेस नेता महेश आचार्यले बैठक साँझ ५ बजेपछि बस्ने बताएका छन् । आचार्यले हाम्राकुरासंग भने,‘बैठक साँझ बस्ने तय भएको छ, कार्यदल सदस्य को कहाँ छन्, के गर्दै छन् भन्नेबारे थाह छैन ।’ सबैको जिम्मेवारी कहाँ लिन सकिन्छ । 
 
सरकारीप्रतिनीधि तथा कार्यदल सदस्य भीम रावलको टेलिफोन अफ भएकाले छलफल र बैठकबारे थप जानकारी आउन सकेन । रावलले पछिल्ला दुई बैठक छलेका छन् । उनकै अनुपस्थितिले एउटा बस्न सकेन भने, एउटामा उपस्थित भएनन् । उता, पहिलो बैठकपछी हराएका कार्यदल सदस्य तथा एकिकृत माओवादी महासचिव कृष्णबहादुर महरा बल्ल काठमाडौं फर्किएका छन् । यसअघि, महरा पार्टीको आन्तरिक काममा जिल्ला दौडाहमा थिए । महराले भनेका छन्,‘म काठमाडौं आइसके, कार्यदल बैठक बस्ने त भनिएको छ, तय भएको छैन ।’ अहिले छोटो आन्तरिक छलफलमा छु । महराले आन्तरिक छलफल कार्यदलकै हो वा अन्य कुनै भन्नेबारे भने केही भनेनन् । कार्यदल सदस्य तथा तराई मधेस लोकतान्त्रिक पार्टी तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीले फोन रिसिभ गरेनन् । 
 
संक्रमणकालिन गोल चक्कर
माघ ५ गते सम्म मधेस मुद्दा टुंगो लगाउने तीन दलको तयारी र मधेस मुद्दाका वहाकको भारत प्रस्थानले संक्रमणकालिन परिस्थिति लम्बिने देखिएको छ । यद्यपि, मधेस आन्दोलनका प्रमुख नेताद्वय महन्थ ठाकुर र राजेन्द्र महतोको भारत बसाई अर्थपूर्ण रुपमा हेरिएको छ । ठाकुरले राजनीतिक र कुटनीतिक भेटघाट नगर्ने बताएका छन् । उपचारका लागि भारत जान लागेको बताएका ठाकुरबारे बहस भने चलिसकेको छ ।
 
महतो भारत सरकारको सुरक्षा बन्दोबस्तमा राजनीतिक भेटघाटमा व्यस्त छन् । विहिबार मात्रै महतोले भारतीय राष्ट्रिय कांग्रेसकी अध्यक्ष एवं सांसद तथा संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) प्रमुख सोनिया गान्धी र राष्ट्रिय कांग्रेस उपाध्यक्ष एवं सांसद राहुल गान्धीसंग निवासमै गएर भेट गरे ।  महतो समेत उपचारकै लागि दिल्ली गएका थिए । तत्काल महतो नेपाल नफर्किने भएपछि  ठाकुरको भारत प्रस्थान अर्थपूर्ण मानिएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ