arrow

फुटसल प्रतिबन्ध फुक्यो, खोल्ने र बन्द गर्ने निश्चित समय तोकिने

आपराधिक क्रियाकलाप रोक्न व्यवसायी प्रतिबद्ध

logo
प्रकाशित २०७२ माघ १ शुक्रबार
Footsal.jpg.jpeg
काठमाडौं । काठमाडौंमा फुटसलमा लागेको प्रतिबन्ध एकदिनमै फुकुवा भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा शुक्रबार भएको व्यवसायीसंग भएको छलफलपछि प्रतिबन्ध फुकवा भएको प्रशासनले जनाएको छ । विहिबार फुटसलमा प्रतिबन्ध लगाएलगत्तै व्यवसायी र स्थानीयले चौतर्फी विरोध गरेका थिए । 
 
प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीका अनुसार व्यवसायीले फुटसलका नाममा हुने आपराधिक क्रियाकलाप रोक्न व्यवसायीले प्रतिबद्ध जनाएका छन् । समस्या समाधानका लागि दुबै पक्षका प्रतिनिधी सम्मिलित कार्यदल बनेको प्रजिअ सुवेदीले बताए । अब देखि फुटसल खोल्ने र बन्द गर्ने निश्चित समय तोकिने र कम्पनीमामात्रै दर्ता भएका फुटसल घरेलुमा समेत दर्ता गर्नुपर्ने मापदण्ड तोकिएको छ  । प्रहरीका अनुसार काठमाडौंमा डेढ सयको हाराहारीमा फुटसल कोर्टहरु छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ