arrow

‘थारुसंग पूर्व प्रधानमन्त्री’ विजयनगरको यादले सतायो

logo
प्रकाशित २०७२ माघ १ शुक्रबार
baburam.jpg.jpeg
काठमाडौं । एकिकृत माओवादी पार्टी त्यागेर नयाँ शक्ति निर्माणको अभियानमा लागेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई थारुको माघी महोत्सवमा देखिएका छन् । एमाओवादीमा हुँदा थारुलाई निकै पछ्याउने भट्टराई पार्टी त्याग पछि पनि थारु समुदायको माघी महोत्सवमा सरिक भएका हुन् । काठमाडौंको खुलामञ्मा सुरु भएको थारु राष्ट्रिय माघी महोत्सव उद्घाटन समारोहमा भट्टराई थारु नेता र मधेसी नेताका माझ देखिए ।
 
केही दिन अघि मात्रै भट्टराईलाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भट्टराईले नेपाली जनता, आन्दोलनका सहयोगी, योद्धा, शहीद बेपत्तापरिवार र कम्युनिष्ट वर्ग सबै त्यागेको कटाक्ष गरेका थिए । भट्टराईले पछिल्लो समय गैर कम्युनिष्ट चरित्रको नयाँ शक्ति निर्माण गर्ने र समुन्नत नेपालको अभियानलाई अघि बढाउने बताइरहेका छन् । यसअघि, भट्टराई थारु मुक्तिका लागि टाउकोमा थारुवानको फेटा बाँधेर कयौं आह्वानमा सरिक भए ।
 
आफु प्रधानमन्त्री हुँदा भट्टराईले मुस्ताङ चढरेर मात्र लोकप्रियता कमाउन खोजेनन् । रेडियो नेपालमा जनतासंग प्रधानमन्त्री तथा जनताकै घरमा एक रात बास बस्ने कार्यक्रम समेत ल्याए । सोही क्रममा कैलालीको टिकापुरस्थित मुक्तकमैया शिविर पुगेका बाबुराम भट्टराईले विजयनगरका बाबुराम चौधरीको घरमा एक रात बस्दा पाएको स्वागतको स्वाद विर्सेका छैनन् ।
 
बाबुरामले चौधरीको घरमा बस्दा गरेको थारु परम्पराको स्वागतलाई निकै महत्व दिए । त्यो भन्दा बढी महत्व संचार माध्यमले दिए । भट्टराईले मुसाको अचार, भातको जाँड, चिँचर र ढिकरीको स्वाद लिएको चर्चा संचारमाध्यममा निकै भयो । भट्टराई थारुसंग त्यति मात्र होइन आन्दोलन र पुरानो पार्टीकै कारण पनि जोडिए ।    
 
पहिलेका बाबुराम 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ