arrow

सुजाता पनि सभापतिको उम्मेद्वार

तीनै जनाको विकल्पको रुपमा आफ्नो उमेदवारी हुने

logo
प्रकाशित २०७२ माघ १ शुक्रबार
12507609_1051027031606699_5083348213473001091_n.jpg.jpeg
सीता डोटेल, पाल्पा । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पाटी सभापतिमा उमेदवारी दिने बताएकी छन् । शुक्रबार पाल्पाको तानसेनमा नेपाल प्रेस युनियनले गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै कोइरालाले अहिले पाटीको केन्द्रमा रहेका तीनै जनाको विकल्प खोज्नुपर्ने बताईन् । उनले विकल्पको रुपमा आफ्नो उमेदवार हुने भन्दै आफुले विश्व राजनीति बुझेको बताईन् । ‘अब विकास नै राजनीति हो, त्यसकारण भारत र चीनसँग पनि सम्बन्ध सुधार राख्नु जरुरी छ ।’ कोइरालाले भनिन् ।

पत्रकारहरुको जिज्ञासामा जवाफ दिँदै पूर्व उपप्रधानमन्त्री समेत रहेकी कोइरालाले युवा देशको शक्ति भएकोले युवाहरुलाई व्यवसायिक बनाउँदै परिचालन गर्ने बेला आएको बताईन् । कांग्रेसले एमालेलाई धोका दियो कि? भन्ने प्रश्नको जवाफ दिँदै सुजाता कोइरालाले कांग्रेस कहिलेकाँही सुत्ने र ब्युँझेपछि बाघ भएर आउने बताईन् । अझ छिटै स्थानिय निकायको निर्वाचन हुने भएकोले सबैले ध्यान दिनुपर्ने कोइरालाको भनाई थियो । प्रेस युनियनका पाल्पा जिल्ला सभापति भरत शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिब मुक्तिप्रसाद न्यौपानेले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ