arrow

कास्कीबाट देव गुरुङ माओवादी उम्मेदवार सिफारिस

logo
प्रकाशित २०७४ असोज ११ बुधबार

पोखरा। नेकपा (माओवादी केन्द्र) कास्कीले आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएर केन्द्रमा सिफारिस गरेको छ। प्रतिनिधिसभा क्षेत्र नं १ मा पूर्वमन्त्री एवं प्रदेश नं ४ का इञ्चार्ज देवप्रसाद गुरुङ, क्षेत्र नं २ मा राजकाजी गुरुङ र क्षेत्र नं ३ मा रामजी बराललाई सिफारिस गरिएको पार्टीका जिल्ला नेता लालमोहन तिवारीले जानकारी दिए।

त्यस्तै प्रदेश सभामा क्षेत्र नं १ मा झलकपाणि तिवारी र क्षेत्र नं ३ मा गंगा पोखरेलको नाम सिफारिस गरिएको छ भने बाँकी क्षेत्रको नाम आज टुंगो लगाएर सिफारिस गरिने उनले बताए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ